नेपालको पर्यटन क्षेत्रमा मोटो रकम असुल्ने संस्थालाई कारवाहीको तयारी


४ असार २०७५, सोमबार
ghanashayam updhya

 

काठमाडौँ, ४ असार:  सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ ।ghanashayam updhya

नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले छानविन शुरु गरेको हो ।सरकारले संस्कृति,नेपालको पर्यटन क्षेत्रमा मोटो रकम असुल्ने संस्थालाई कारवाहीको तयारीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिलाई यही असार १५ गतेभित्र कारवाहीको सिफारिससहितको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ ।

मुलुकका विभिन्न स्थानमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपद्को उद्धारको नाममा फर्जी विवरण तयार पार्ने गरेको पाइएपछि सरकारले कडा नीति अख्तियार गरेको हो । विपद् उद्धारको नाममा फर्जी विवरण तयार पारी बीमा रकम दाबी गर्ने र ठगी गर्ने गरेको पाइएपछि नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।

सरकारले गठन गरेको छानविन समितिका संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव उपाध्यायले छानविन प्रक्रिया शुरु भएको जानकारी दिए । उनले नेपालको पर्यटन उद्योगलाई नै नकारात्मक असर पु¥याउने गरी भइरहेको गलत धन्दालाई नियन्त्रण गर्नुपर्ने भएकाले सरकारले कडाइका साथ हेरेको बताए ।

गैरकानूनी क्रियाकलापले नेपालको पदयात्रा तथा पर्वतारोहण सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश गएको छ । सरकारले नेपालको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रुपमा स्थापित गर्दै कूल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ ।

नक्कली बिरामी बनाउने तथा फर्जी बिल बनाई गलत धन्दा गर्ने प्रवृत्तिले समग्र पर्यटन क्षेत्रमा असर पर्ने भएकाले त्यस्तो क्रियाकलापलाई छुृट दिन नसकिने सरकारको भनाइ छ । मन्त्रालयले गठन गरेको छानविन समितिले अध्ययन शुरु गरेको छ । समितिमा १३ टे«किङ कम्पनी, १० हेलिकप्टर कम्पनी र सातवटा अस्पतालविरुद्ध समेत उजुरी परेको छ । उजुरीमाथि छानविन भइरहेको छ ।

नेपालका बीमा कम्पनीले बीमा गर्न सक्दैनन् भन्नेजस्ता त्राससमेत पर्यटकलाई देखाउने गरिएको व्यवसायीको भनाइ छ । सरकारले गठन गरेको छानविन समितिले बिरामी उद्धारमा संलग्न भनिएका कम्पनी तथा हेलिकप्टर कम्पनीसँग विवरण माग गरेको छ । नेपालको पर्यटन उद्योगमा फैलँदै गएको गलत धन्दालाई पूर्णरुपमा बन्देज लगाउन सरकारी तथा निजी क्षेत्रको साझा प्रयत्न जरुरी देखिएको समितिको भनाइ छ ।

पदयात्रा तथा हिमाल आरोहणका क्रममा प्राकृतिकरुपमा पदयात्रीलाई लेक लाग्न सक्छ । छानविन समितिमा प्राप्त भएको उजुरीमा व्यवसायीले गलत तरिकाले बिरामी पार्ने र उद्धार गरेको नाटक गर्ने गर्छन् ।

टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल छानविन समिति गठन हुनु स्वागतयोग्य रहेको बताए । उनले विगतमा व्यवसायीका तर्फबाट भएका केही कमी कमजोरीलाई सुधार गरेर जानुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले भने, “विगतमा व्यक्तिगतरुपमा भन्दा पनि समग्र प्रणालीका कारण गल्ती भएको हो । त्यसलाई आगामी दिनमा सुधार गरेर मर्यादित व्यवसायका लागि पद्दतिको विकास गर्नुपर्छ ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७