डीएसपीको सरुवामा पक्षपात, सुन आउने नाकामा सरुवा हुन हानथाप


४ असार २०७५, सोमबार
Nepal Police

काठमाडौं, ४ असार । नेपाल प्रहरीका आइजीपी अमेरिका जाने दिन आइतबार निकालेको एसपी र डिएसपीको सरुवा र पदस्थापन विवादमुक्त हुनसकेन । २८ एसपीको पदस्थापनमा त्यति गुनासो नआए पनि ५० डीएसपीको सरुवा विवादरहित हुन सकेन ।
आइजीपी सर्वेन्द्र खनालले एक बर्ष नपुगेका डीएसपीहरुको सरुवा गरेका छन् ।

Nepal Police

रसुवाका डीएसपी शरद थापा, महाराजगंज बृत्तका योगेन्द्रसिंह थापा, लैनचौर बृत्तका दीपक पोखरेल, थानकोट बृत्तका महेन्द्र नेपाललगायत ९ महिनामात्र अवधि पुगेका डीएसपीहरुलाई पनि सरुवा गरेका छन् । यी केही उदाहरण हुन्, एक बर्ष नपुगी सरुवामा पर्ने अरु डीएसपी पनि छन् ।
रसुवामा सरुवा भएका डीएसपी सन्तोष तामाङ पटक पटक इन्चार्ज पाउने भाग्यमानीमा पर्दछन् । उनी १ बर्षअघिसम्म बालाजु बृत्तमा कार्यरत थिए । जता शक्ति ढल्कन्छ, त्यतै लसक्क हुने तामाङ कांग्रेसको निकट भएर इन्स्पेक्टर हुँदै लाभ लिनु लिए । २०७२ मा केपी ओली प्रधानमन्त्री भएपछि झापा घर भएकै आधारमा उनका पीएसओ भए । र, बालाजु बृत्तको प्रमुखमा सरुवा भए । त्यसपछि एक बर्ष नपुग्दै गृहमन्त्री रामबहादुर थापा बादलका आसेपासेलाई प्रभावमा पारी रसुवामा सरुवा भएका छन् ।

रसुवा नाकामा सरुवा हुन डीएसपीहरुको चर्को हानथाप हुने गर्दछ । चीनको नाकाबाट नेपालमा सामान आउने नाका रसुवाबाट पटक पटक सुन समेत तस्करी हुने गरेको छ । रसुवा हुँदै तस्करी भएको ८८ किलो सुन केही महिनाअघि काठमाडौंमा बरामद भएको थियो । त्यसपछि पनि एकपटक ६ किलो सुन बरामद भएको छ । यसरी सुन आउने नाकाका रुपमा चिनिएको रसुवामा ओम राना डीएसपी हुँदा लाइन चलाएर अकूत सम्पत्ति कमाएको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७