मोबाइलबाटै छुट्याउनोस् शुद्ध पानी


४ असार २०७५, सोमबार
water tanker

काठमाडौं ४ असार । केही दिन अगाडी वर्षात हुँदा आशाबाट परेको पानी हिलोसहितको थियो । मौसम विभागका अनुसार भारतमा ठुलो आँधिबेरी आएको कारण आकाशमा ठोकिन पुगेको कणका वर्षा हुँदा पानीसँगै नेपालको विभिन्न ठाँउँमा हिलोसहितको पानी परेको थियो । उक्त पानीमा भिज्दा समेत स्वास्थ्यमा समस्या हुन सक्ने मौसम विभागले जानकारी दिएको थियो ।

water tanker
फाइल तस्बिर

सोमबार काठमाडौं उपत्याका खानेपानी व्यवस्थापन बोर्डले पिउने पानीको गुणस्तरिय जाँच गरेको छ । ट्याङकरको पानीको गुणस्तरियता थाहापाउन सजिलो भएको छ । बोर्डले ट्याङ्करको पानीसम्बन्धी विस्तृत जानकारीका पाउन मोबाइल एप्स ‘काठमाडौँ भ्याली इन्फरमेसन सिस्टम’ जारी गरेको छ । एप्सबाट पानीको गुणस्तर सम्बन्धी जानकारी पाउन सकिने छ ।

बोर्डले पिउन योग्य पानीलाई हरियो स्टिकर दिएको छ । वर्षाको समयमा पिउने अयोग्य पानी मुहानबाट आउने भएकोले बोर्डले पानीको परीक्षण गरेको थियो । बोर्डले पिउन योग्य पानीलाई नीलो स्टिकर दिएका छन् । उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले जानकारी दिएका छन् । ट्याङ्करको पानीको गुणस्तरीयता जाँच र मूल्य निर्धारणका लागि बोर्डको संयोजकत्वमा चार सदस्यीय समिति गठन गररेर ५५१ ट्याङकरलाई स्टिकर प्रदान गरिएको थियो ।

समितिले घरायसी प्रयोजन अर्थात् नुहाउन र कपडा धुन मात्र प्रयोग गर्न सकिने पानी बोक्ने ट्याङ्करलाई हरियो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ४८७ छ । निर्माण र बगैँचामा सिँचाइका लागि मात्र प्रयोग गर्न सकिने पानीको ट्याङ्करलाई पहेँलो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ५० रहेको बोर्डले जनाएको छ । वर्षात्मा पानीकै कारण विभिन्न सरुवा रोगको प्रकोप बढ्ने भएकाले बोर्डले दिएको स्टिकरको रङ हेरेर मात्र पानीको उपभोग गर्न बोर्डले आह्वान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७