चीनसँग रेल, उर्जा र पूर्वाधार निर्माणमा सम्झौता हुने

प्रधानमन्त्री ओली भोलीदेखि चीन भ्रमणमा


४ असार २०७५, सोमबार
KP oli in House

काठमाडौँ, ४ असार :  प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मङ्गलबार बिहान चीनको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा चीनसँग रेल, उर्जा र पूर्वाधार निर्माणमा सम्झौता गर्नेछन् ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् ।

KP oli in House
चीन भ्रमण बारे सोमबार संघीय संसदभवन बसेको प्रतिनिधिसभा बैठकलाई जानकारी दिदै प्रधानमन्त्री ओली

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नाका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चीन फिङले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग ‘बीआरआई’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए । उनले भने, “नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।” द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिए ।

चीनका प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा भोलिदेखि हुने आफ्नो चीनको औपचारिक भ्रमणबारे प्रतिनिधिसभामा जानकारी दिदैं उनले मुलुकको राष्ट्रिय हित र सरोकारलाई अझ व्यापक सृदृढ बनाउने उद्देश्यका साथ आफू चीन भ्रमणमा जान लागेको बताए ।

चीन लामो समय देखिको पुरानो मित्र हो, जसले हाम्रो सार्वभौमसत्ताको खुलेर सहयोग र समर्थन गर्दै आइरहेको बताए । उनले चीनको सहयोगमा राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलनलगायत अरू ठूला पूर्वाधार निर्माण भइरहको स्मरण गराए । आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध झन् प्रबल, सुदृढ र गाढा हुदै जाने विश्वास व्यक्त गर्दै उहाँले अघिल्लो पटकको आफ्नो चीनको भ्रमणका अवसरमा भएका केही दूरगामी महत्वका सहमति र सम्झौताले यथार्थ र भविष्यको मार्ग संकेत गरेको बताए ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि चिनियाँ सहयोग, सहकार्य र लगानी आवश्यक रहेको उल्लेख गर्दे भने ‘ चीनले वान बेल्ट रोडको अवधारण अघि सारेको छ, तत्काल विभिन्न क्षेत्रमा कसरी मिलेर अघि जान सकिन्छ ।’ उत्तर दक्षिण कोरिडोर र केही सडकका बारेमा सहमति हुनेछ, राष्ट्रपतिसँगको भेटमा नेपाल र चीन बीचको सम्बन्ध र सहकार्य अझ सुदृढ गर्ने दृष्टिकोणबाट कुरा राखिनेछ,’ प्रधानमन्त्री ओलीले भने। रेलसेवा, ऊर्जा विकास, पुनः निर्माण लगायतका विषयमा दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिए । प्रधानमन्त्री ओलीले आफूले पर्यटन क्षेत्रको विकास, लगानी तथा व्यपार लगायतका कार्यक्रमलाई सम्बोधन गर्ने बताए ।

यस्तो छ, भ्रमण तालिका

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् । उनले तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी छ र बेइजिङस्थित नेपाली दूतावासका आठजना सहभागी हुनेछन् ।

त्यसैगरी विभिन्न सञ्चारमाध्यका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी हुनेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १० गते

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७