विश्वकप: पनामा माथि बेल्जियमको शानदार जित


४ असार २०७५, सोमबार
Romelu Lukaku goal 20180618165640

काठमाडौँ ,४ असार: विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बेल्जियमले शानदार सुरुवात गरेको छ । समूह जी को सोमबार राति भएको खेलमा बेल्जियमले पनामालाई ३–० ले पराजित गरेको हो ।Romelu Lukaku goal 20180618165640

बेल्जियमको सहज जितमा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरे । नवप्रवेशी पनामाविरुद्ध गोलको खाता भने डिरेस मेर्टेन्सले खेलको ४७ औँ मिनेटमा खोलेका थिए ।

बेल्जियमको जितका लागि लुकाकुले खेलको ६९ औँ मिनेटमा केभिन डे ब्रुनेको पासमा हेडमार्फत् व्यक्तिगत पहिलो तथा टिमका लागि दोस्रो गोल गरे ।

त्यसपछि खेलको ७५ औँ मिनेटमा एडिन हजार्डको पासमा लुकाकुले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पनामामाथि दबाब बढाए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि बेल्जियमले पनामाविरुद्ध ३–० को सहज जित निकाल्यो । यही समूहमा रहेका इङ्ल्यान्ड र ट्युनिशिया आजै राति हुने खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७