अाजकाे राशिफल-वि.सं. २०७५ साल असार ५ गते।


५ असार २०७५, मंगलवार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल असार ५ गते। मंगलबार। इश्वी सन् २०१८ जुन १९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– षष्ठी, ११:५१ बजेउप्रान्त सप्तमी। नक्षत्र– मघा, ८:०७ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– वज्र, १३:२३ बजेउप्रान्त सिद्धि। करण– तैतिल, ११:५१ बजेदेखि गर, २२:५० बजेउप्रान्त वणिज। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी ३६ पला। कुमार–षष्ठी। सिथिनख। भक्तपुरमा चण्डी भगवती यात्रा।

मेष

ic sodiac 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

बृष

ic sodiac 2

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

मिथुन

ic sodiac 3

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कर्कट

ic sodiac 4

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँ बाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

सिंह

ic sodiac 5

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ ।

कन्या

ic sodiac 6

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ ।

तुला

ic sodiac 7

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्योदय हुनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

बृश्चिक

ic sodiac 8

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

धनु

ic sodiac 9

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मकर

ic sodiac 10

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

कुम्भ

ic sodiac 11

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पारिवारीक झमेला रहला ।

मीन

ic sodiac 12

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७