कोसीमा नयाँ ब्यारेज


५ असार २०७५, मंगलवार
koshi nadi

चतरा, सुनसरी, ५ असार । कोसी नदीमा नयाँ ब्यारेज बनाइने भएको छ । उदयपुर र सुनसरीको सीमा चतरास्थित कोसी पुलनजिकै ब्यारेज बनाउन लागिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार   छ ।koshi nadi

ब्यारेजमार्फत सुनसरी–मोरङ सिँचाइ योजनामा पर्याप्त पानी उपलब्ध गराउने योजना छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भइसकेको छ ।

सिँचाइ विभागले नियुक्त गरेको परामर्शदाता समूहले सम्भावित निर्माणस्थलको प्रारम्भिक अध्ययन गरिसकेको छ ।

हाइड्रो कन्सल्टरइटिकोरटीएमएस नामक कम्पनीले संयुक्त रूपमा स्थलगत अध्ययन गरिरहेका छन् । योजनाका डिभिजनल इन्जिनियर सुपेन्द्र खत्रीका अनुसार दुई वर्षमा अध्ययन सक्ने गरी ३ करोडको लागतमा परामर्शदाता संस्थासँग सम्झौता भएको छ ।

कोसीको धार पश्चिमतर्फ सोझिँदै गएपछि मुलुककै ठूलो सिँचाइ योजनाको नहरमा पानी निकै कम हुन थालेकाले ब्यारेज निर्माणलाई भरपर्दो विकल्प मानिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७