प्रधानमन्त्री ओलीकाे जम्बाे भ्रमणदलमा को–को छन् ?


५ असार २०७५, मंगलवार
Kp Oli India Visit 3
k|wfgdGqL cf]nL ef/t k|:yfg k|wfgdGqL s]kL zdf{ cf]nL ldq/fi6« ef/tsf] tLglbg] /fhsLo e|d0fsf nflu z’qmaf/ k|:yfg ug'{cl3 lqe’jg cGt/f{li6«o ljdfg:yndf clejfbg ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडाैं, ५ असार । प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेइजिङ जाँदै छन् । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा उनी निजी क्षेत्रको हिमालयन एयरलाइन्सको उडान नम्बर
‘हिमालयन ००१’ बाट बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्दै छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

Kp Oli India Visit 3
फाइल तस्बिर । 

निजी खर्चमा जाने व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली ओलीसँगै चीन जाँदै छ । प्रधानमन्त्रीलाई पुर्याएर हिमालयन एयरलाइन्स फर्किनेछ, प्रधानमन्त्री चिनियाँ विमानबाट ल्हासा हुँदै स्वदेश फर्कनेछन् ।

मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यहाँबाट हिल्टन ग्रुपको डबल ट्री होटेल पुग्नेछन्, जहाँ नेपाली राजदूत लीलामणि पौड्यालले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छन् ।

भ्रमणदलमा को–को छन् ?
प्रधानमन्त्री केपी ओली, पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापामगर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनाली, परराष्ट्रविद् डा। राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा। राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्यसचिव चन्द्रकुमार घिमिरे, भौतिक पूर्वाधारसचिव मधुसुधन अधिकारी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सांसदहरू जनार्दन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्र केसी, निर्जला राउत, पार्वता डिसी चौधरी, नैनकला ओझा र डा। सुरेन्द्रकुमार ओझा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रमका निजी चिकित्सक डा। दिव्या सिंह शाह, प्रमका स्वकीय सचिव राजेश बज्राचार्य, जिल्ला समन्वय समिति मुस्ताङका संयोजक छिरिङल्हामो गुरुङ, परराष्ट्रका सहसचिव गणेश ढकाल, प्रमुख शिष्टाचार महापाल दीपक अधिकारी, ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, प्रधानमन्त्रीका प्रमुख सुरक्षा अधिकृत कर्नेल विष्णुकुमार खड्का, परराष्ट्रका उपसचिव रोशन खनाल, प्रमका एडिसी हिमालय थापा, सुरक्षा अधिकृत क्याप्टेन उज्ज्वल केसी, परराष्ट्रका प्रोटोकल अफिसर कुलबहादुर मगर, प्रहरी निरीक्षक हरि खतिवडा, परराष्ट्रका नासु उत्तम घिमिरे, निजी चिकित्सक महेन्द्रलाल श्रेष्ठ र सहयोगी श्रीती शाक्य, राजदूत लीलामणि पौड्याल, उपनियोग प्रमुख सुशीलकुमार लम्साल, इकोनोमिक काउन्सिलर विनोद आचार्य, सैन्य सहचारी सहायक रथी विनोद पाण्डे, मिनिस्टर काउन्सिलर हरिश्चन्द्र घिमिरे, प्रथम सचिव हरिप्रसाद लुइँटेल, तृतीय सचिव उत्तमप्रसाद न्यौपाने ।

उद्योगी व्यवसायी
नेउवा महासंघ अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरू चण्डीराज ढकाल, किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कामु महानिर्देशक गोपालप्रसाद तिवारी, कार्यकारी सदस्यहरू प्रबलजंग पाण्डे, शैलेन्द्र गुरागाईं, ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, राष्ट्रिय परिषद् सदस्यद्वय गुरुप्रसाद न्यौपाने र मनीष खेमका, सदस्य दुर्गाविक्रम थापा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरू कमलेशकुमार अग्रवाल, दीपककुमार मलहोत्रा, इच्छाराज तामाङ, नेपाल चीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका कामु अध्यक्ष त्रिभुवनधर तुलाधर, सल्लाहकार नरेन्द्र उलक, कार्यकारी सदस्य गौरव अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष पूर्णबहादुर भण्डारी, वरिष्ठ उपाध्यक्ष भरतबहादुर थापा, एसोसिएट सदस्य शम्भुप्रसाद पोखरेल, बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति, निर्देशक प्रदीपकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत उत्तरबहादुर श्रेष्ठ, राष्ट्रिय उद्योग तथा वाणिज्य युनियनका महासचिव रामजीप्रसाद बराल, पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष बद्रीप्रसाद गौतम र सदस्य हिरादेवी कँडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, शिवम सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयल, नेपाल–चीन व्यापार तथा उद्योग संघका अध्यक्ष अन्जु पौडेल, हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, महासचिव लोकबहादुर भण्डारी, अन्य व्यवसायीहरू नीरा पुलामी, आङछिरिङ शेर्पा, दिनेशप्रसाद श्रेष्ठ, सचिनलाल आचार्य, सुरिथप्रसाद घिमिरे, गौतम दास श्रेष्ठ, पूर्णबहादुर राई, मोहन ाँगी, शशी पौडेल, गोरे शेर्पा, भोजबहादुर शाह, कृष्णप्रसाद आचार्य ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७