चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने


५ असार २०७५, मंगलवार
china train

काठमाडाैं, ५ असार । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।china train

केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ ।

यातायात तथा पारवहन सम्झौताको प्रोटोकोल भने अर्को महिना टुंगिने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अधिकारीलाई उद्धृत गर्दै नयाँ पत्रिकाले प्रोटोकल टुंग्याउन अर्को महिना बैठक डाक्ने सहमति भ्रमणका क्रममा हुने लेखेको छ । नेपाल र चीनले जारी गर्ने संयुक्त वक्तव्यमा यो विषय समावेश गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७