कप्तान केनको इन्जुरी समयमा उत्कृष्ट गोलसँगै इङ्ल्याण्डले ट्युनिसियालाई हरायो


५ असार २०७५, मंगलवार
Captain kane 2 goal

काठमाडौं, ५ असार । विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ। भोल्गोग्राड एरिना रंगशालामा सोमबार राति भएको खेलमा कप्तान ह्यारी केनको दुई गोलमा इङ्गल्याण्डले ट्युनिसियालाई हराएको हो ।Captain kane 2 goal

खेलको ११ औं मिनेटमा हृयारीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा पेनाल्टीमार्फत् ट्युनिसियाले बराबरी गोल फर्कायो । पेनाल्टीलाई फेरजानीले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा एक–एकको बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफको ९० मिनेटमा कुनै गोल गर्न सकेनन्। तर दोस्रो हाफको इन्जुरी समयमा कप्तान केनले हेडमार्फत उत्कृष्ट गोल गरेपछि इङ्गल्याण्ड जित सुनिश्चत भयो ।

खेलअवधिभर ट्युनिसियाले ५ पटक बल पोष्टमा प्रहार गर्दा इङ्ल्याण्डले १८ पटक प्रहार गरेको थियो।
त्यस्तै ट्युनिसियाले १४ वटा फउल गर्दा इङ्ल्याण्डले ८ वटा फउल गरेको थियो। ट्युनिसियको तुलनामा निकै उत्कृष्ट र अनुभवी खेलाडी इङ्ल्याण्डमा भएपनि खासै राम्रो प्रदर्शन गर्न सकेनन्। जितसँगै इङ्ल्याण्डले अघिल्लो चरणको यात्रा मजबुत बनाएको छ।

इङ्गल्याण्डको यो जित १२ वर्षपछिको हो । यसअघि सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इङ्गल्याण्डले पाराग्वेलाई हराएको थियो ।

तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा इङ्गल्याण्डले जितको लागि निर्णायक गोल गर्न सफल भयो । कियरनले प्रहार गरेको कर्नर किकलाई कप्तान हृयारी केनले नै हेडमार्फत गोल गरे ।

यो जितसँगै समूह जीमा रहेको इङ्गल्याण्डले महत्वपूर्ण तीन अंक जोडेको छ । समूह जीमा नै रहेको बेल्जियमले पनि पनामालाई पराजित गर्दै समान तीन अंक जोडेको छ ।

विश्वकपमा अफ्रिकी देशसँग अपराजित यात्रालाई पनि इङ्गल्याण्डले कायमै राख्न सफल भयो । विश्वकपमा अफ्रिकी देशसँग भएका ७ खेलमध्ये इङ्गल्याण्डले चारमा जित र तीनमा बराबरी गरेको छ ।england vs tunisiya 2 england vs tunisiya 3

england vs tunisiya 4

 

england vs tunisiya 6 england vs tunisiya 7

 

england vs tunisiya 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७