साउदी फुटबल टिमको विमानमा आगलागी


५ असार २०७५, मंगलवार
1529386253

काठमाडौं, ५ असार । साउदी अरबको फुटबल टोली चढेको विमानमा सोमबार राति आगलागी भएको छ । फिफा विश्वकपका लागि उरुगुवेबिरुद्ध हुने खेलका लागि पिटर्सबर्गबाट रोस्तोव जाँदै गरेको विमानमा आगो लागेको जनाइएको छ । तर, विमानमा यात्रा गरेका सबै सकुसल रहेको बताइएको छ ।1529386253

पाइलटले बुद्धिमानीपूर्वक रोस्तोव विमानस्थलमा विमानको सुरक्षित अवतरण गरेकाले खेलाडी बच्न सफल भएका हुन् । रसियन एयरलायन्सको एयरबस जेटमा आएको खराबीका कारण आगो लागेको बताइएको छ । विमानका कति यात्रु सवार थिए भन्ने विषयम केही खुलाइएको छैन ।

द गार्जियनका अनुसार विमानको बाहिरी भागमा आगो देखिएको थियो । केही जानकारीका अनुसार आगो इन्जिनको नजिकै लागेको थियो । यो घटनाको केही भिडियो पनि भाइरल भएको छ । विमानमा बसेका यात्रुले नै भिडियो बनाएका हुन् । भिडियोमा देखिए अनुसार विमानको पंखामा आगो लागेको छ । यद्यपि विमानमा आगो लागेको घटना विमान सेवाले अस्वीकार गरेको छ ।

विमान सेवाका अनुसार विमानमा चरा ठोकिएर इन्जिनमा खराबी आएको हो । साउदी अरबको फुटबल महासंघले ट्वीटमार्फत भनेको छ, ‘हामी सबैलाई आश्वस्त पार्न चाहन्छौं कि विमानको प्रविधिमा आएको खराबीका बावजुद टिमका सबै खेलाडी सुरक्षित छन् ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७