महानगरपालिकामा भाँडभैलो मच्चाउँदै भ्रष्ट समूह


५ असार २०७५, मंगलवार
hari kuwar

काठमाडौं, ५ असार । सरकारले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएका सचिव यादवप्रसाद कोइरालाले काठमाडौं महानगरपालिकमा सुशासन कायम गर्नका लागि सुधार अभियान सुरु गरेपछि आत्तिएको एक समूहले कर्मचारीलाई उचालेर आन्दोलन गर्न लगाउने तयारी गरेको छ ।

hari kuwar
ज्ञानेन्द्र कार्की र हरि कुँवर

महानगरपालिकाको स्रोत साधन एक्लौटी दोहन गर्दैआएको ज्ञानेन्द्रबहादुर कार्की र हरि कुँवरको समूहले वातावरण ब्यवस्थापन विभागका सफाइ कर्मचारीहरुलाई उचालेर प्रमुख प्रशासकीय अधिकृत कोइरालाविरुद्ध आन्दोलन गर्न लगाउने तयारी गरेका छन् । नेपाली कांगे्रस निकट ट्रेड युनियनमा आवद्ध कर्मचारीलाई उकासेर कार्की र कुँवरले प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई सरुवा गर्न दबाब दिन लागेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत कोइरालाले महानगरपालिकामा भ्रष्टाचारविरुद्ध जेहाद छाडेपछि ज्ञानेन्द्र कार्की र हरि कुँवरको समूह आत्तिएको छ । प्रशासन विभागबाट हुँदैआएका सबै काम सहसचिव राजेश्वर ज्ञवालीले गर्नेगरी अधिकार खोसिएपछि उनी बिदा लिएर वडाध्यक्ष र सदस्यहरु उचालेर हिंडेका छन् । प्रमुख प्रशासकीय अधिकृत कोइरालाविरु वडाध्यक्ष र सदयस्यमात्र होइन, कर्मचारी पनि उचालिरहेका छन् ।

कार्कीको लगानी र कुँवरको परिचालनमा वातावरण विभागका कर्मचारीलाई कोइराला विरुद्ध सडकमा उतार्ने, फोहोर उठाउन बन्द गर्ने जस्ता क्रियाकलाप गर्ने तयारी भइरहेको छ । भ्रष्टाचार गर्न नपाएर छटपटीमा परेका कार्कीले यदि सफाई कर्मचारीलाई फोहोर उठाउनबाट रोके भने अत्यावश्यक सेवा ऐन  लगाएर फोहोर उठाउने तयारीमा महानगरका प्रशासकीय अधिकृत कोइराला छन् । अत्यावश्यक सेवा ऐन   २०१४ बमोजिम फोहोरमैला व्यवस्थापन पनि पर्दछ । यो ऐन अनुसार फोहोरमैलासँग सम्बन्धित सेवातर्फ फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, संकलन स्थल तथा व्यवस्थापनको कामलाई रोक्न पाइँदैन ।
अत्यावश्यक सेवा ऐन विपरीत फोहोरमैला संकलन नगरी आन्दोलन गरेमा प्रहरी प्रशासनको सहयोगमा कर्मचारीमाथि कारबाही हुनेछ । सुशासन संचालन गर्न लागेका कोइरालालाई असफल पार्न भ्रष्टाचारका पर्याय ज्ञानेन्द्र कार्की र हरि कुँवरलाई पनि कारबाही गर्नुपर्ने महानगरपालिकाका एक अधिकृतले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७