राजधानीमा बनिरहेका कुनै घर बलिया छैनन् : प्रधिकरण प्रमुख डा. तिवारी


५ असार २०७५, मंगलवार
home

काठमाडौं, ५ असार । काठमाडौं उपत्यका विकास प्रधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले नेपालीहरुले निर्माण गरिरहेका भवनमा गुणस्तर मापदण्ड नदेखिएको औंल्याएका छन् ।

home
सांकेतिक तस्विर

दोस्रो हाउजिङ समिटमा बोल्दै तिवारीले घर निर्माणको मापदण्ड नहुँदा निर्माणमा गुणस्तरको प्रश्न टड्कारो बनिरहेको बताए । ‘घर बनाउँदा प्रयोग भएको बालुवा पनि गुणस्तरीय छैन, ढुङ्गा–इँट्टा पनि गुणस्तरीय छैनन्’, तिवारीले थपे, ‘अरुभन्दा काम गर्ने कामदार दक्ष छैनन् । त्यसैले यहाँ गुणस्तरीय काम भएको छैन ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणले तोकेको मापदण्ड अनुसार ६ मिटर चौडा बाटो छोड्नुपर्ने भए पनि मापदण्ड कार्यान्वयन नभएको पनि तिवारीले बताएका छन् । नदि किनारका क्षेत्र वस्ती बस्न अनुपयुक्त हुने भनि २०४५ सालमै तोकिए पनि अहिले नदी किनारमा बाक्लो वस्ती बसिसकेको उनले बताए । अंशबण्डाको नाममा अव्यवस्थित प्लटिङ पनि नरोकिएको तिवारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७