प्रधानमन्त्री ओलीको जम्बो टोली चीन प्रस्थान (फोटोफिचर)


५ असार २०७५, मंगलवार
Kp sharma oli visit china 3
k|wfgdGqL cf]nL rLg k|:yfg k|wfgdGqL s]kL zdf{ cf]nL rLgsf] /fHo kl/ifbsf k|wfgdGqL nL v5ofªsf] lgdGq0ffdf 5—lbj;Lo cf}krfl/s e|d0fsf nflu d+unaf/ rLg k|:yfg ug]{ qmddf lqe’jg cGt/f{li6«o ljdfg:yndf clejfbg ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले १९९ सदस्यीय जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई बिदाई गर्नका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, तथा नेकपाका नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम लगायत नेताहरु पुगेका थिए ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी छन् ।

प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी छ जना र बेइजिङस्थित नेपाली दूतावासका आठजना सहभागी छन् । त्यसैगरी विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १० गते स्वदेश फर्कनेछ ।

 

Kp sharma oli visit china 2

Kp sharma oli visit china 3

Kp sharma oli visit china 4

Kp sharma oli visit china 5

Kp sharma oli visit china 6

Kp sharma oli visit china 7

Kp sharma oli visit china 8

Kp sharma oli visit china 9

Kp sharma oli visit china 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७