थाहा छ, जापानी महिला किन सुन्दर हुन्छन् ?


५ असार २०७५, मंगलवार
848 Cutest women in the world

काठमाडौं, ५ असार । सुन्दर तथा आकर्षक बन्न खोज्नु जोसुकैको चाहना हुने गर्दछ । मानिसलाई सबैभन्दा पहिला उसको सौन्दर्यताले आकर्षण गर्ने गर्दछ । आजको प्रतिष्पर्धी युगमा तपाईंको आकर्षक व्यक्तित्वका लागि उपयोगी बन्नसक्छ जापानी महिलाको सुन्दरता रहस्य ।
जोकोही पनि जापानका महिलाहरुको आकर्षक त्वचा (छाला) बाट आकषित हुने गर्छन् । उनीहरुलाई उमेरले पनि त्यति फरक पारेको पाइँदैन । कसरी देखिन्छन् त जापानी महिलाहरु सुन्दर ? माचा ग्रीन टीमा कैचिन र पालपिफिनाल्स धेरै मात्रामा हुने हुँदा त्वचामा कसिलोपना आउँछ ।848 Cutest women in the world

यसमा एन्टिआक्सिडेट्सको साथै एन्टीबैक्टीरियल प्रोपर्टी हुने हुँदा यो चिया पिउनाले सुख्खापन कम भई स्किन क्लियर हुन जान्छ । जापानीहरु नुहाउनमा बहुत माहिर हुन्छन् । उनीहरु स्टिम बाथ सधै लिने गर्दछन, सुत्नुभन्दा पहिला स्टिम बाथ लिएर एशियल ओइल प्रयोग गर्दछन् ।

अरु तेल भन्दा राम्रो मानिने यसले त्वचामा प्राकृतिकपन ल्याउँछ । जापानी महिला सनस्क्रिन नलगाई बाहिर निस्किँदैन उनीहरुका स्मुद स्क्रिन हुनुको एउटा पक्ष यो पनि हो । यसले गर्दा धेरै उमेर भइसक्दा पनि त्वचामा असर देखा पर्दैन । जापानीहरु हरेक दिन सुन्तला जातका फलफुल खाने गर्दछन्, यसमा भिटामिन सि र एन्टिअक्साइडको मात्रा धेरै पाइने हुदा यसको नियमित प्रयोगले त्वचामा दाग—धब्बा पनि देखिंदैन । जापानी महिलाले हरेक दिन एशिएल तेलको सहयोगमा मसाज गर्छन्, यसरी यो तेल लगाएर मसाज गर्नाले त्वचा नरम बन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७