अनुकृतिलाई ‘मिस इण्डिया’ को ताज, यस्तो छ उनको संघर्षको कथा
काठमाडौं, ६ असार । तमिलनाडुकी अनुकृति भासले ‘फेमिना मिस इण्डिया २०१८’ को ताज हात पारेकी छिन् । हरियाणाकी मीनाक्षी चौधरी फस्ट रनर अफ र आन्ध्र प्रदेशकी श्रेया रावले सेकेण्ड रनर अफ बनेकी छन् ।
मंगलबार मुम्बईमा भएको कार्यक्रममा २९ प्रतिष्पधीलाई पाखा लगाउँदै १९ वर्षीया अनुकृतिले मिस इण्डियाको ताज चुम्न सफल भएकी हुन् । अब अनुकृतिले विश्व सुन्दरी प्रतियोगितामा भारतको तर्फबाट प्रतिनिधत्व गर्नेछिन् । यसभन्दा अघि अनुकृतिले ‘फेमिना मिस तमील नाडु’ को ताज जितिसकेकी छन् । अनुकृतिलाई पूर्व मस इण्डिया मानुषी छिल्लरले ताज पहिराएकी हुन् ।
अनुकृति एक प्रोफेसनल खेलाडी तथा डान्सर पनि हुन् । उनले आमाको सपना पूरा गर्न फ्रेन्च भाषा पढ्दै गरेको बताएकी छिन् । उनी हाल लोयोला कलेजमा फ्रेन्च भाषा लिएर बीए दोस्रो वर्षमा पढ्दै छिन् । अनुकृति भविष्यमा सुपर मोडल बन्न चाहिन्छन् । कार्यक्रमा अभिनेत्री माधुरी दीक्षित, करिना कपुर र जैकलिन फर्नाडिसले नृत्य प्रस्तुत गरेका थिए ।
तमिलनाडुकी अनुकृति चेन्नईको लोयोला कलेजमा पढ्दैछिन् । आफूलाई सामान्य बताउने उनी भ्रमण गर्न र नाच्न मन पराउँछिन् । उनले मिस इण्डियाको ताज हात पारेपछि एक अन्तरर्वातामा भनेकी छिन, ‘म तमिलनाडुको शहरमा हुर्केकी हुँ, जहाँ महिलालाई स्वतन्त्रता छैन । त्यहाँका महिला बेलुका ६ बजेपछि घरबाट बाहिर निस्कन पाउँदैनन् । त्यसैले म त्यो समाजको पूर्णविरोध गर्दै आएकी छु ।’ उनले भनेकी छिन्, ‘महिलालाई समाजले गरेको भेदभावको अन्त्य गर्न मिस इण्डिियामा भाग लिन आएकी हुँ । ताज चुम्न सफल भएँ । मैले बन्धन तोडे पनि म जस्तै बन्धनमा रहेका दिदीबहिनीलाई बाहिर निकाल्न चाहन्छु ।’ एजेन्सी