अाजकाे राशिफल-वि.सं. २०७५ साल असार ७ गते।


७ असार २०७५, बिहीबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल असार ७ गते। बिहीबार। इश्वी सन् २०१८ जुन २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– अष्टमी, ८:१७ बजेउप्रान्त नवमी। नक्षत्र– उत्तरफाल्गुनी, ६:०३ बजेउप्रान्त हस्त। योग– व्यतीपात, ८:२९ बजेउप्रान्त वरियान्। करण– वव, ८:१७ बजेदेखि वालव, १९:३७ बजेउप्रान्त कौलव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ३६ पला। अष्टमी व्रत। गोरखकाली पूजा। वायु अष्टमी। सायन–सूर्य कर्कट राशिमा १४:५८ बजे प्रवेश। उत्तरी गोलार्द्धमा यस वर्षको लामो दिन।

 

मेष

ic sodiac 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

बृष

ic sodiac 2

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मिथुन

ic sodiac 3

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कर्कट

ic sodiac 4

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह

ic sodiac 5

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

कन्या

ic sodiac 6

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्मबल बढ्नेछ । प्रेममा मधुरता छाउनेछ ।

तुला

ic sodiac 7

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक यात्रा हुनेछ । आत्मघाती काम गर्न पुगिएला । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

बृश्चिक

ic sodiac 8

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु

ic sodiac 9

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मकर

ic sodiac 10

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ

ic sodiac 11

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सरकारी निकाएको भय रहला । कार्यमा बाधा आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

मीन

ic sodiac 12

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७