कोस्टाको गोलले स्पेन विजयी, इतिहास कायममै


७ असार २०७५, बिहीबार
spain iran 3

काठमाडौं ६ असार । इरानसँग भएको खेलमा स्पेन १—० ले विजयी भएको छ । बुधवार रुसमा जारी २१ औँ संस्करणको विश्व कपमा उद्घाटन खेलमा पोर्चगलविरुद्ध २ गोल गरेका स्पेनिस स्टार डिएगो कोस्टाले गरेको गोल निर्णायक बनेको हो । कोष्टाले खेलको ५४ मिनेटमा गोल गरेका थिए ।

spain iran 2

इरानलाई पराजित गरेसँगै स्पेनले इतिहास कायमै राखेको छ । फुटबल इतिहासमा आजसम्म एसियाली मुलुकका देशहरूसँग नहारेको स्पेनले आफ्नो इतिहास कायमै राखेको हो । खेलमा अधिकांश समय बल स्पेनका नियन्त्रणमा थियो । स्पेनकाे पक्षमा ७६ प्रतिशत बल नियन्त्रणमा रहे पनि सट प्रहार भने जम्मा ४ पटक गरेका थिए । इरानको पक्षमा भने जम्मा २४ प्रतिशत बल नियन्त्रणमा रहेको थियो ।spain iran 3

इरानले स्पेनविरुद्ध गोल गरे पनि रेफ्रीले अप साइट देखाएपछि रद्द भएको थियो । स्पेनले आफ्नो पहिलो खेलमा पोर्चुगलसँग पनि अघिकाशं बल आफ्नो नियन्त्रण राखेको थियो । तर, स्पेनले पोर्चुगलसँग बराबरी अंक बाँडेको थियो । इराविरुद्धको खेलमा विजयी स्पेन अब मोरोक्को सँग खेल्ने छ ।

spain vs iran

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७