क्रोएसियालाई हराउनै पर्ने दवावमा मेस्सी


७ असार २०७५, बिहीबार
Lionel Messi

काठमाडौं, ७ असार । रसियामा जारी विश्वकपअन्तर्गत आज समूह ‘डि’ को अर्जेन्टिना र क्रोएसियाबीच भिडन्त हुँदैछ । अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग निज्याहुँ नभग्रोर्डा रङ्गशाला प्रतिष्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा खेल शुरु हुनेछ ।leonal messi 1

यसअघि समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । अर्जेन्टिनाले डेब्यु टिम आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । यता, क्रोएसियाले भने नाइजेरियालाई पराजित गरेको थियो । क्रोएसियाले नाइजेरियालाई २—० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको थियो ।

नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राख्न अर्जेन्टिनालाई जित्नैपर्ने दबाब छ । त्यसो त, विश्वचर्चित खेलाडीले भरिभराउ भएको अर्जेन्टिना बलियो टिम हो । यद्यपी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आइसल्याण्डविरुद्धको पेनाल्टीमा चुकेका थिए । कप्तान मेस्सीलाई रोक्न क्रोएसियाका खेलाडीलाई निकै मुस्किल हुनेछ । तर क्रोएसिया पनि कमजोर टिम भने होइन । अर्जेन्टिना र क्रोएसियाबीच अहिलेसम्म ४ पटक भेट भएको छ । ३ वटा मैत्रीपूर्ण खेल खेलमा र एक पटक विश्वकप यी दुई टिमले प्रतिष्पर्धा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७