ब्राजिल समर्थकलाई खुशीको खबर, नेयमारले विश्वकपको आगामी खेल खेल्ने पक्का


७ असार २०७५, बिहीबार
neymar7

काठमाडौं, ७ असार । स्विट्जरल्याण्डसँगको निराशाजनक प्रदर्शनपछि आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने ब्राजिलियन स्ट्राइकर नेयमारले बताएका छन् । शुक्रबारको खेलमा आफ्नो प्रदर्शनमा सुधार गर्ने योजनामा आफूहरु रहेको नेयमारले बताएका हुन् ।neymar7

स्विट्जरल्याण्डको खेलमा केही चोटहरुको सामना गरेसँगै मंगलबार भएको प्रशिक्षणमा सहभागी नभएका नेयमार बुधबारको प्रशिक्षणमा भने सहभागी भएका थिए । स्विट्जरल्याण्डको खेलमा नेयमारमाथि १० फाउलहरु भएका थिए । यो समस्याको कारण उनले मंगलबारको अभ्यास गुमाएका थिए ।

२६ वर्षीय खेलाडीले बुधबारको अभ्यासपछि कोस्टारिकासँगको खेलमा आफूहरुले धेरै आश राखेको बताए । नेयमारले आफूहरुले स्विट्जरल्याण्डको भन्दा राम्रो प्रदर्शन गर्ने बताए । उनले कोस्टारिकाको खेल्ने शैली पनि आफूहरुले हेरेको तर आफहरु आफ्नै खेलमा केन्द्रित रहेको बताए ।

समुह ई मा कोस्टारिका पछि ब्राजिलको सामना सर्वियासँग हुनेछ । सर्वियाले कोस्टारिकासँग जित हासिल गरेको थियो । यसअघि नेयमारले स्विट्जरल्याण्डसँगको खेलमा खुट्टामा चोट बेहोरेको कारण उनले आगामी खेलहरु गुमाउने आशंका गरिएको भए पनि उनले आफूहरु कोस्टारिकासँगको खेलको लागि तयार रहेको बताएका हुन् । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७