सस्तो घरकर्जा चाहियो ? नविल बैंकले यसरी पूरा गरिदिन्छ तपाईको सपना


७ असार २०७५, बिहीबार
nabil bank

काठमाडौं, ७ असार । के तपाई घर बनाउने तयारीमा हुनुहुन्छ ? कि घर किन्ने सल्लाह गर्दै हुनुहुन्छ ? कि घर किन्न र बनाउन पैसा पुगिरहेको छैन ? अब चिन्ता लिन पर्दैन । नविल बैंकले सरल व्याज दरमा तपाईलाई आवास कर्जा दिनेछ ।nabil bank

बैंकले नविल फास्ट ट्रयाक घर कर्जा योजना ल्याएर छिटो, सरल प्रक्रिया र सस्तो ब्याजमा कर्जा दिने भएको हो । बैंकले वार्षिक १०.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिनेछ । यो सस्तो घरकर्जा हो । यो योजना अन्र्तगत घरजग्गा खरिद वा घर निर्माण, निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा दिने नविलले जानकारी दिएको छ ।

यस्तै बैंकले घरको मर्मत सम्भार तथा थप निर्माणमा समेत कर्जा दिने जानकारी दिएको छ । कर्जा अवधि १५ वर्षको हुने छ । यसैगरी रिफाइनान्स र कर्जा स्थानान्तरणको समेत सुविधा भएको बैंकले जनाएको छ । यो ब्याजदर सीमित अवधिका लागि मात्र भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७