दयाहाङ्ग गाउँकै गुण्डा ! खोजी व्यापक


७ असार २०७५, बिहीबार
Dayahang Rai

काठमाडौं, ७ असार । अहिलेका चर्चित अभिनेता दयाहाङ्ग राई नजिकबाट कस्तो होलान् ? धेरैलाई जिज्ञासा हुन सक्छ । चलचित्रमा विभिन्न पात्रको भूमिका निर्वाह गरेका दयाहाङ्गले अब आफ्नो अभिनय शैलैमा फरकपन देखाउने भएका छन् । साउन ४ देखि रिलिज हुने फिल्म ‘भैरे’ मा उनी गाउँका गुण्डाको भूमिकामा देखिने भएका छन् । फिल्म भैरेमा उनको भूमिका अघिल्ला चलचित्रको भन्दा फरक छ ।
सोमबार सार्वजनिक भएको फिल्मको ट्रेलरमा दयाहाङ गाउँमा गुण्डागर्दी र दादागिरी गर्दै गरेको देखियो । ट्रेलरमा देखिएअनुसार गाउँका जोकोही भैरे (दयाहाङ) को खोजीमा छन् ।Dayahang Rai

सधैं एकै खाले भूमिकामा देखिँदै आएका उनलाई भैरेमा फरक रूपमा देखिनेछ। दयाहाङले भने टेलर हेरेर फिल्मको कथावस्तु पत्ता लगाउन नसकिने बताए। ‘नेपाली फिल्मको बजारलाई आकर्षित गर्ने तरिकाले ट्रेलर बनाइएको छ’, उनले भने। प्रायः फिल्मको प्रमोसनमा नदेखिने दयाहाङ भैरेको ट्रेलर रिलिजमा भने उपस्थित थिए। लगातार तीन फिल्म रिलिजको पर्खाइमा रहेको बताउँदै दयाहाङले अबको केही समय फुर्सदिलो बन्न खोजको बताए ।dayahang rai at bhaire 20180619031837

फिल्मका निर्देशक एभरेस्ट सूर्य बोहोराले आजका युवालाई आफ्नै देशमा केही गर्न प्रेरित गर्ने कथा भैरेमा भएको बताए । बोहोरा भन्छन्, ‘व्यावसायिक सफलताका लागि मनोरञ्जनात्मक बनाइएको फिल्म भैरे आममान्छेको कथा हो।’ ‘परिस्थितिले आममानिसलाई हिरो बनाइदिन्छ । भैरे त्यही आममानिसको कथा हो’, उनले भने । फिल्म ‘भैरे’का ‘सनम माया लाको’ र ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत अहिले निकै चर्चामा छन् । फिल्ममा एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन र पुरुषोत्तम प्रधानको छायांकन छ । फिल्ममा दयाहाङ मुख्य भूमिकामा छन् भने बुद्धि तामाङ, सुरक्षा पन्त, वर्षा शिवाकोटी, विक्रान्त बस्नेत लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । चलचित्रमा यम बरालको संगीत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७