क्रोएशियासँग अर्जेन्टिना ३-०ले पराजित, अन्तिम १६ सम्भावना अर्जेन्टिनाका लागि कठिन

जितसँगै क्रोएशिया अन्तिम १६ मा प्रवेश


८ असार २०७५, शुक्रबार
4D7FCDDA00000578 0 image m 6 1529609594948goal

काठमाडौं, ८ असार । रसियामा जारी विश्वकपकाे समुह ‘डि’बाट  अर्जेन्टिनालार्इ ३-०ले पराजित गर्दे क्रोएशिया अन्तिम १६ मा प्रवेश गरेकाे छ । अर्जेन्टिनाविरूद्ध क्रोएशियाका  एन्टे रेबिकले पहिलो,  लुका मोड्रिकले दोस्रो र भेड्रान कुलुकाले गोल गरे ।argvscrosiya

जितसँगै क्रोएशिया ६ अंक बटुल्दै दोस्रो चरण प्रवेश गरेको छ । क्रोएसियाले यसअघि नाइजेरियालाई पराजित गरेको थियो ।
हारसँगै अर्जे्न्टिनाको दोस्रो चरण सम्भावना कठिन भएको छ । पहिलो खेलमा अर्जेन्टिना पहिलो पल्ट विश्वकप खेलको आइसल्यान्डसँग बराबरी खेल्दै अंक बाढेको थियो । अब उसले नाइजेरियासँग खेल्न बाँकी छ ।

पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा एन्टे रेविकल खेलको ५३ औं मिनेटमा गोल गरेर अग्रता लिएका थिए ।

यस्तैमा खेलमा फर्कन संघर्षरत अर्जे्न्टिनाले खेलको ८० औं मिनेटमा फेरि अर्को गोल खायो । क्रोएसियाका मोड्रिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारे । उसका लागि बार्सिलोनाबाट खेल्दै आएका इभान राकिटिकले खेलका ९१ औँ मिनेटमा तेस्रो गोल गरे ।

दोस्रो हाफमा ३ जना स्ट्राइकर मेसी, हिगुइन र पाउलो ड्बालालाई एक साथ उतार्दा पनि अर्जे्न्टिनाले क्रोएसियाको डिफेन्सलाई चिर्न सकेन् । ५९ प्रतिशत बल पोजिसन बनाए पनि क्रोएसियाको आक्रमणलाई अर्जे्न्टिनाको डिफेन्सले छेक्न सकेन ।

1529604872153 lc galleryImage Croatia s Ivan Perisic ri

1529609261178 lc galleryImage Mandatory Credit Photo by

1529604894409 lc galleryImage Argentina goalkeeper Wilf

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७