फ्रान्स विश्वकपको अन्तिम १६ मा प्रवेश तेस्रो टोली


७ असार २०७५, बिहीबार
images cms image 000050534

काठमाडौं, ७ असार । जारी विश्वकपमा समुह ‘सि’बाट फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्स पेरुलाई १–० गोलले पराजित गर्दे अन्तिम १६ मा प्रवेश गरेको हो । जितसँगै फ्रान्सले एक खेल अगाबै अन्तिम १६ मा स्थान बनाएको हो । images cms image 000050534

खेलको ३५औं मिनेटमा ओलिभर गिराउडले उपलब्ध गराएको पासमा एक यार्ड मात्रै दुरीमा रहेका मबाप्पेले सजिलो गोल गरेका थिए । गोलसँगै १९ वर्ष ६ महिनाका मबाप्पेले विश्वकपमा गोल गर्ने फ्रान्सको इतिहासका सबैभन्दा कम उमेरका खेलाडी बने ।

जितसँगै फ्रान्स विश्वकपको अन्तिम १६ मा पुग्ने तेस्रो टोली बनेको छ। समुहमा दुई खेल खेलको फ्रान्सको ६ अंक छ । यसअघि बुधबार रसिया र उरुग्वेले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई २ – १ ले हराएको थियो । अब फ्रान्सले अन्तिम खेलमा डेनमार्कसँग खेल्ने छ । फ्रान्ससँगको यो हारसंगै पेरु प्रतियोगिताबाट बाहिरीएको छ । पेरु पहिलो खेलमा डेनमार्कसँग १ – ० ले हारेको थियो । अब पेरुले अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्ने छ ।4D7E1B4800000578 5870535 image a 3 1529597481531 2 4D7E1E4900000578 5870535 image a 11 1529597515030 1

4D7E324000000578 5870535 image a 46 1529598096360

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७