एमबाप्पे बने विश्वकपकाे इतिहासमा गोल गर्ने कान्छा खेलाडी


८ असार २०७५, शुक्रबार
francevsperu

मस्को, ७ असार । फ्रान्सका केलीयन एमबाप्पे फिफा विश्वकप इतिहासमा गोल गर्ने कान्छा खेलाडी बनेका छन् । रसियामा जारी समुह चरणको आफ्नो दोस्रो खेलमा फ्रान्सका लागि पेरूविरुद्ध गोल गर्दे केलीयन एमबाप्पे इतिहास बनाएका हुन् ।francevsperu

उनले १९ वर्ष १८३ दिनको उमेरमा गोल गरेका हुन् । यसअघि फ्रान्सले सन् १९९८ घरमै भएको विश्वकप जित्दा उनी जन्मिएका हुन् ।

उनकै गोलसँगै फ्रान्स रसियामा जारी विश्वकपको समुह ‘सि’बाट अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्स पेरुलाई १–० गोलले पराजित गर्दे अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको ३५औं मिनेटमा ओलिभर गिराउडले उपलब्ध गराएको पासमा एक यार्ड मात्रै दुरीमा रहेका उनले सजिलो गोल गरेका थिए । फ्रान्स समुहमा दुई खेल खेलेको फ्रान्सको ६ अंक छ ।

यसअघि पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई हराएको थियो । images cms image 000050534

याे पनि पढ्नुहाेस्
फ्रान्स विश्वकपको अन्तिम १६ मा प्रवेश तेस्रो टोली

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७