यी ३ अवस्थामा अर्जेन्टिना अन्तिम १६ मा जान्छ


८ असार २०७५, शुक्रबार
Messi

काठमाडौं, ८ असार । रसियामा जारी विश्वकपको समुह ’डि’बाट रहेको अर्जेन्टिनाका लागि दोस्रो चरणको प्रवेश कठिन बनेको छ । गएराति भएको खेलमा क्रोएशियासँग ३–०ले हारेसँगै अर्जेन्टिनाले अब अन्तिम खेल जित्नुका साथै समुहको अरु खेलकाे नतिजाले समेत साथ दिनुपर्ने हुन्छ । Messi

अर्जेन्टिना रहेको समुहमा दुई खेलबाट दुई जित नै हासिल गर्दे क्रोएशिया ६ अंक साथ पहिलो स्थानमा छ । भने दोस्रो चरणमा प्रवेश समेत गरिसकेको छ । यस्तै अर्जेन्टिना दुई खेलबाट एक बराबरी र एक हारका कारण १ अंक साथ तेस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाले यसअघि विश्वकपमा नवप्रवेशी टोली आइसल्याण्डसँग बराबरी खेलेको थियो ।

यस्तै एक खेल मात्र खेलेको आइसल्याण्ड  १ अंकका साथ समुहको दोस्रो स्थानमा छ । भने एक खेल मात्र खेलेको नाइजेरिया अंक विहिन हुँदै समुहको पुच्छारमा रहेको छ ।

समूह चरणको अन्तिम खेलमा अर्जे्न्टिनाले नाइजेरियासँग खेल्ने छ । यस्तै समुहबमे आइसल्यान्डले क्रोएसिया र नाइजेरियासँग खेल्नेछ ।

अर्जेन्टिना अन्तिम १६ मा जाने अवस्था
अवस्था १
– क्रोएसियाले आइसल्यान्डलाई हराउनु पर्ने
– आइसल्याण्डले नाइजेरियालाई बराबरीमा रोक्नुपर्ने र
–अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्ने
यस्तो अवस्थामा क्रोएसियाले आइसल्यान्डलाई हराउँदै क्रोएसिया ९ अंक साथ समुह बिजेता बन्नेछ । अर्जेन्टिना ४ अंक साथ उपविजेता बन्नेछ । आइसल्याण्डको २ अंकका साथ तेस्रो र नाइजेरिया १ अंक साथ चौथो हुनेछ ।
अवस्था २
– क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने
– नाइजेरियाले आइसल्याण्ड हराउनुपर्ने
– अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्ने
यस्तो अवस्थामा क्रोएसियाको ९ अंक, अर्जेन्टिनाको ४, नाइजेरियाको ३ अंक, आइल्याण्डको १ हुनेछ । ४ अंकका साथ अर्जेन्टिना उपविजेता हुनेछ ।
अवस्था ३
– क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने
– आइसल्याण्डले नाइजेरियालाई हराएमा
– अर्जेन्टिनाले नाइजेरियालाई फराकिलो गोल अन्तरले हराउनु पर्ने
यस्तो अवस्थामा क्रोएसियाको ९ अंक, अर्जेन्टिनाको ४, आइल्याण्डको ४ र नाइजेरिया अंकविहिन हुनेछ । र गोल अन्तरको आधारमा अर्जेन्टिना उपविजेता हुनेछ । तर अहिले अवस्थामा अर्जेन्टिनाको गोल अन्तरको अवस्था –३ रहेको छ । भने आइसल्याण्डको ० रहेको छ ।

Group d

यो पनि पढ्नुहोस्
क्रोएशियासँग अर्जेन्टिना ३-०ले पराजित, अन्तिम १६ सम्भावना अर्जेन्टिनाका लागि कठिन
के फकल्यान्ड युद्धका कारण मेस्सीकाे देश अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७