इजरायलका प्रधानमन्त्री पत्नीलाई सजाय


८ असार २०७५, शुक्रबार
Israeli Prime Minister Benjamin Netanyahu with his wife Sara

जेरुसेलम, ७ असार । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ ।  छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले बिहीबार जानकारी दिए । Israeli Prime Minister Benjamin Netanyahu with his wife Sara

जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गरेकाे छ  ।

आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिहरुलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाएको र त्यसका लागि एक लाख अमेरिकी डलर खर्च भएको भन्ने बिषयमाथि गरिएको छानविनमा ५९ बर्षिय साराले जरिवानको सजाय पाएको हो ।

उनीमाथि घुस लिएको, झूट बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ । सारासँगै प्रधानमन्त्री कार्यालयका पुर्व उप महानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा कारबाही भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७