सौर्य प्रणालीलाई ग्रिडमा जडान गर्न जनशक्ति खाँचो


८ असार २०७५, शुक्रबार
solar energy
फाइल फोटो

ललितपुर, ८ असार । सरकारले पाँच वर्षभित्र ५ सय मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा त्यसका लागि दक्ष जनशक्ति तयार गर्नुपर्नेमा जोड दिइएको छ । solar energy

ठूला क्षमताका सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि स्वदेशमै दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले सञ्चालित तालीम समापनका अवसरमा सहभागी विज्ञहरुले विश्वका विकसित तथा विकाशोन्मुख देशमा ऊर्जाको मुख्य स्रोतको रुपमा ठूला क्षमताका सौर्य ऊर्जा प्रणाली जडान गर्न शुरु भएकाले नेपालमा पनि यस्ता आयोजना निर्माणका लागि जनशक्ति तयार गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले तीन हप्तसम्म सञ्चालन गरेको ठूला क्षमताका सौर्य ऊर्जा प्रणालीलाई राष्ट्रिय प्रसारणमा जोड्ने डिजाइनसम्बन्धी तालीममा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, जल तथा शक्ति आयोग र सौर्य कम्पनीका १४ जनाको सहभागिता रहेको थियो ।

तालीम समापनका अवसरमा इन्जिनियरिङ अध्ययन संस्थानका कार्यबाहक डिन रामचन्द्र सापकोटाले ऊर्जाको बढ्दो मागलाई पूरा गर्न ठूला क्षमताका सौर्य प्रणाली जडान गर्नु आवश्यक रहेकाले यससम्बन्धी जनशक्ति तयार गर्न सञ्चालित तालीम निकै उपयोगी हुने बताए । पूर्वाधार विकास विशेषज्ञ प्रा डा सूर्यराज आचार्यले देशको नवनिर्माणका लागि आवश्यक जनशक्ति तयार गर्न इन्जिनियरिङ अध्ययन संस्थानले छोटो अवधिका तालीम पनि सञ्चालन गर्दै जानुपर्ने धारणा राखे ।

तालीमका संयोजक तथा ऊर्जा अध्ययन केन्द्रका पूर्व निर्देशक प्रा डा जगन्नाथ श्रेष्ठले समृद्ध नेपाल र सुखी नेपालीका लागि ऊर्जा सुरक्षा आवश्यक पर्ने बताए । तालीमका सहभागीलाई ५० मेगावाटसम्मको सौर्य पिभी ग्रिड कनेक्सनको डिजाइन गर्न सक्ने क्षमताको विकासका लागि व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७