पाँच पटक ‘गोल्डेन बुट’ जित्ने मेस्सी चार कारणले चुक्दै


८ असार २०७५, शुक्रबार
1529609261178 lc galleryImage Mandatory Credit Photo by

काठमाडौं, ८ असार । हिजो क्रोएशियाविरुद्धको खेलमा अर्जेन्टिनी कप्तान मेस्सीको खेल हेरेर उनका समर्थक निरास बने । हरेक प्रतियोगितामा जादूमय खेल कौशल देखाउने मेस्सीको हिजोको प्रदर्शनले उनका समर्थकलाई मात्र होइन, स्वयम् मेस्सीको मन पनि खिन्न भएको छ । argvscrosiya

क्रोएशियाविरुद्धको खेलमा ३–० को हारपछि मेस्सी निकै निरास देखिएका छन् । यता उनका प्रशंसक आखिर मेस्सी किन यसरी चुकिरहेका छन् भन्दै गम खाइरहेका छन् । यस पटकको विश्वकपमा मेस्सी न त अहिलेसम्म एउटा गोल गर्न सफल भएका छन् न त उनले आफ्नो समूहलाई गोल गराउनमा सहयोग गर्न सकेका छन् । यति मात्र होइन आइसल्याण्डविरुद्ध उनी पेनाल्टीबाट गोल गर्ने चुकिसकेका छन् ।
मेस्सी दुई दिनपछि अर्थात् जुन २४ तारिखमा ३१ वर्षका पुग्दैछन् ।

उमेरको हिसाबले उनीसँग अर्को विश्वकप खेल्ने मौका देखिन्छ । तर, फुटबलका जानकार रसियामा आयोजना भएको विश्वकप अर्जेन्टिनाका लागि ठूलो उपाधि जित्ने मेस्सीको अन्तिम मौका हुनसक्छ । अहिलेसम्म उनले अर्जेन्टिनालाई बेइजिङ ओलम्पिक सन् २००८ मा गोल्ड मेडल मात्र दिलाउन सकेका छन् । उता, बार्सिलोनालाई यो सिजन उनले घरेलु लिग जिताए पनि क्याटेलोनियाको टीम च्याम्पियन्स लिगमा लगातार तेस्रो सिजनमा क्वार्टरफाइनलबाटै बाहिर भयो । जबकी चीर प्रतिद्वन्द्वी रियल म्याड्रिडले यो प्रतियोगिता आफ्नो पोल्टोमा पार्न सफल भयो । आखिर यो विश्वकपमा मेस्सी किन जम्न सकेनन् ? हैरौं :-

१) शारीरिक थकावट– सन् २०१७–१८ को युरोपेली सिजनको क्रममा मेस्सीले ५४ म्याच खेले, सन् २०१४–१५ पछि पछिल्लो पाँच वर्षको क्रममा सबैभन्दा धेरै । फुटबलको आँकडाको जर्मनी वेबसाइट का ट्रान्सफर मार्केटअनुसार यो क्रममा उनले चार हजार ४६८ मिनेट खेले र मैदानमा औसत ८२.७ मिनेट रहे । यसका बाबजूद उनले बार्सिलोनाका लागि ४५ गोल गरे र १८ गोल गर्न सहयोग गरे ।

२) चोटको चिन्ता– सन् २०१८ को अप्रिलमा अर्जेन्टिनाको पत्रिका क्लारिनले राष्ट्रिय समूहको सूत्रलाई हवाला दिँदै लेखेको थियो, ‘मेस्सी दाहिने तिघ्राको चोटसँग जुधिरहेका छन् जसले उनको दौडने र गति परिवर्तन गर्ने क्षमतालाई प्रभावित गरिरहेको छ ।’ उनको यो समस्या त्यतिबेला सार्वजनिक भयो जब उनी स्पेन र इटालीविरुद्धको मैत्रीपूर्ण खेलबाट बाहिरिए ।

३) टीमको प्रदर्शन राम्रो फितलो– रुसमा खेलिने विश्वकपका लागि दक्षिण अमेरिकामा भएको क्वालिफिकेशन प्रतियोगितामा अर्जेन्टिनाको प्रदर्शन राम्रो रहेन । अन्तिम अवस्थामा भने स्थान बनाउन सफल भयो । यो खेलमा मेस्सीले सबैभन्दा धेरै सात गोल गरे तर टीमको दयनीय प्रदर्शनीले प्रशंसक र मिडियोबाट आलोचना हात लाग्यो । अर्जेन्टिना सन् २०१४ को फुटबल विश्वकपको उपविजेता हो जहाँ अन्तिम प्रतिष्पर्धाको अतिरिक्त समयमा जर्मनीसँग हार्नुपरेको थियो । दुई पटकको च्याम्पियन अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ को विश्वकप जितेको थियो । सन् १९९३ मा कोपा अमेरिकापछि यसले कुनै पनि ठूलो खेलमा आफ्नो नाम समावेश गर्न सकेको छैन ।

४) विपक्षीको मेहनत–मेस्सीका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले यो विश्वकपमा जोडदार प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म उनले एक ह्याट्रिक समेत चार गोल हानिसकेका छन् । रोनाल्डोले रुसमा खेलिँदै गरेको विश्वकपको पहिलो खेलमा नै स्पेनविरुद्ध ह्याट्रिकबाट शुरु गरे । यतिबेला उनले फ्रि किकमार्फत जुन गोल हाने त्यसलाई लामो समयसम्म याद राखिने छ । त्यसपछि मोरोक्कोको विरुद्ध टीमको एकमात्र निर्णायक गोल, एक बुलेट हेडर, पनि क्रिस्टियानो रोनाल्डोले नै गरे । अहिले यो खेलमा रोनाल्डो उत्कृष्ट तरिकाले खेलिरहेका छन् । यता मेस्सी आइसल्याण्डविरुद्ध पेनाल्टी मिस गरेका कारण मानिसहरुको चर्चामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७