अनिल शाह नबिल बैंकको सिइओ नियुक्त, कुलिङ पिरियडको खड्गो हट्यो


८ असार २०७५, शुक्रबार
nabin

काठमाडौं, ८ असार । अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् । उनी मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।nabin

शशिन जोशीले नबिल बैंक छाडेपछि शाह बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व गर्दै आएका थिए । एक बैंक छाडेर अर्को बैंकमा प्रमुख कार्यकारी अधिकृत हुन ६ महिना कुर्नु पर्ने नियमका कारण उनलाई पूर्ण सिइओ बनाइएको थिएन । कुलिङ पिरियड सकिएपछि शाहलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको हो । शाह मेगा बैंक स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत थिए। मेगामा उनको दोस्रो कार्यकाल सकिएपछि सेञ्चुरी बैंकमा पनि अनुबन्धित भएका थिए। पछि सेवा सुविधा नमिलेपछि उनी नबिलमा डेपुटी सिइओका रुपमा आएका थिए ।

बैंकर्स संघको पूर्व अध्यक्षसमेत रहेका शाहले १९९१ बाट बैंकिङ सुरु गरेका हुन्। नबिल बैंकमा इन्टरन गरेर स्ट्यान्डर्ड चार्टर्ड गएका उनले त्यहाँ १३ बर्ष विताए । खुद्र बैंकिङ सुरु गरेको जस शाहलाई जान्छ। त्यहाँबाट महाप्रबन्धकका रुपमा उनी नबिल बैंक भित्रिए । नबिलमा प्रमुख कार्यकारी भएर उनले पाँच बर्ष बिताए। त्यसपछि उनी मेगा बैंक गएका थिए । शाहलाई आगामी चार बर्षका लागि बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७