बहालमा बस्नेलाई अब नयाँ नियम, यसरी तिर्नुस् घर भाडा


८ असार २०७५, शुक्रबार
nepali paisa XrmwIBfpSu

काठमाडौं, ८ असार । तपाई भाडाको घरमा बसिरहनु भएको छ ? अनि घर भाडा कति र कसरी तिरिरहनु भएको छ ? अब घरभाडामा बस्दै गरेकाहरुले नयाँ नियम अनुसार घरभाडा बुझाउनु पर्ने भएको छ ।nepali paisa XrmwIBfpSu

तपाईले तिरेको कुल घर भाडामध्ये स्थानीय तहद्वारा निर्धारण गरिएको घरबहाल कर तिरे नतिरेको थाहा छ तपाईलाई ? या शंका लागेको छ ? यदि छ भने तपाईले आगामी भदौ १ गतेदेखि कूल भाडामध्ये निर्धारित घरबहाल कर स्थानीय तहको नाममा कटाएर बाँकी रकम घरबेटीलाई तिरे पनि केहि फरक नपर्ने कानुन आउँदैछ ।

आगामी भदौ १ देखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी देवानी कार्यविधि (संहित) ऐन २०७४ अन्तर्गत परिच्छेद ९ मा घरबहालसम्बन्धी प्रावधान राखिएको छ । उक्त ऐनको ३९२ धारामा भनिएको छ, ‘घरधनीको कर वा दस्तुर बुझाउने दायित्व भएमा र निजले समयमा कर वा दस्तुर नबुझाएमा बहालमा लिने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफंैले बुझाउन सक्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७