सस्तो कार खोज्दै हुनुहुन्छ ? यी हुन् नेपालमा पाइने सस्तो कार


८ असार २०७५, शुक्रबार
alto

काठमाडौं, ८ असार । तपाई अलि सस्तो दामको कार किन्ने सोंचमा हुनुहुन्छ ? अनि कुन कारण सस्तो र राम्रो भन्ने अन्योलमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईले यी कारको विषयमा जानकारी लिनै पर्ने हुन्छ । alto

यी कारको बारेमा जानकारी लिनुभयो भने तपाईले कम मूल्यमै आफ्नो कार चढ्ने सपना पूरा गर्न सक्नु हुनेछ । नेपालमा पछिल्लो समयमा साना, सस्तो र धेरै माइलेज दिने कारहरुको माग बढ्दो क्रममा छ । आजभोलि सडकहरुमा विभिन्न कम्पनीका इन्ट्री लेभलका कारको संख्या बाक्लो देखिन थालेको छ ।

गाडी उत्पादक कम्पनीहरुले पनि मोटरसाइकल छाडेर गाडी किन्न चाहाने मध्यमवर्गलाई लक्षित गरेर इन्ट्री लेभलकै कारमा उत्कृष्ट सुविधा, डिजाइन, इञ्जिन, माइलेज र ग्राउण्ड क्लियरेनस प्रदान गरेका छन् । त्यसैले नियमित आम्दानीबाट थोरै बचत गर्न सक्ने उपभोक्तालाई यस्ता गाडीले गजबसँग आकषिर्त गरिरहेका छन् । सार्वजनिक सवारी साधनको यात्रा सहज र भरपर्दो नहुँदा पनि इन्ट्री लेभलकै कार खरिदमा ग्राहकको चासो बढ्दो छ ।

मोटरसाइकलमा यात्रामा गर्दा धुवाँ धुलो मात्रै भोग्नु पर्दैन, झरीको समयमा रुझ्नुपर्छ भने घाममा पनि धेरै समस्या भोग्नुपर्छ । नेपालमा सामान्यतया हुण्डाई, सुजुकी र टाटाका साना गाडीहरू बढी प्रचलित छन् । त्यस्तै, अन्य थुप्रै कम्पनीहरु पनि इन्ट्री लेभलको कार लिएर बजारमा आएका छन् । यो लेभलको कार बजारमा केही नयाँ गाडी प्रवेश गरेका छन् भने कुनैले बजारमा बर्चश्व नै कायम गरेका छन् ।

रेनो क्वीड–‘रेनो क्वीड’ इन्ट्री लेभलको ८ सय र १ हजर सिसी क्षमताको कार हो । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दाबी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्यांक रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ ।रेनो क्वीडको अधिकता मूल्य नेपाली बजारमा २१ लाख रुपैयाँको हाराहारीमा छ । उत्कृष्ट डिजाइन, मूल्य र माइलेज र फिचर्सका कारण यसले धेरैको ध्यान खिच्ने देखिएको छ । रेनोले आफ्नो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकर्षक बनाएको छ ।
डाटसन रेडी गो–यो कार नेपाली बजारमा लोकप्रिय भइसकेको छ । मोटरसाइकलबाट सिफ्ट हुन चाहनेहरुलाई यो कार उपयुक्त पनि छ । जापानिज ब्राण्ड डाटसनको ‘रेडी गो’ ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडित कार हो ।

सरकाले बजेटसँगै वृद्धि गरेको अन्तःशूल्क पनि यो गाडीमा बढ्दैन । यो कारको मूल्य नेपाली बजारमा न्यूनतम १४ लाख रपैयाँदेखि सुरु हुन्छ । रेडीगोको टप भेरियन्ट किन्न भने २१ लाख रुपैयाँको हाराहारी पर्न आउँछ । डाटसन गाडीको नेपाली आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प हो । प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने भएकाले पनि रेडी गो ग्राहकमाझ लोकप्रिय भइसकेको छ । रेडी गो कारको ग्राउन्ड क्लियरेन्स १८५ मिलिमिटर छ ।

हुण्डाइको इओन–इओन गाडी हुण्डाईको उत्कृष्ट इन्ट्री लेभलको कार हो । यो कार नेपाली बजारमा ४वटा कलर र २ भेरियन्टमा पाइन्छ । ८ सय सीसीको इओनमा १ सय ७० एमएमको ग्राउण्ड क्लियरेन्स छ ।
यो कारले प्रतिलिटर २१ दशमलब १ किलोमिटर गुड्ने क्षमता राख्छ । यो कारमा ३२ लिटरको इन्धन टयांकी छ । नेपाली बजारमा पेट्रोल भर्सनको इओन डिलाइटको प्रारम्भिक मूल्य १८ लाख ९६ हजार रुपैयाँ छ । फुल अप्सनको इओनको मूल्य २२ लाख ९६ हजार रुपैयाँसम्म पर्छ ।

मारुती–सुजुकीको अल्टो–यो कार पनि नेपाली बजारमा धेरै बिक्री हुने कारको सूचिमा पर्छ । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले बढी मन पराउन थालेका छन् । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
१ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ । यसले प्रतिलिटर २४ दशमलव ७ किलोमिटर माइलेज दिन्छ । नेपाली बजारमा अल्टोको मूल्य १५ लाख ४९ हजार रुपैयाँबाट हुन्छ भने फूल अप्सन अल्टो २० लाख १९ हजार रुपैयाँसम्म पर्छ ।

टाटा टियागो–भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको टियागो स्र्पोटी ह्याचब्याक गतवर्ष नेपालमा सार्वजनिक भएको कार हो । उत्कृष्ट डिजाइनसहित विभिन्न फिचर्सका कारण टियागोले धेरैको ध्यान तानेको छ । यो कार तीन वटा भेरियन्टमा र ब्ल्यू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र ल्पाटिनम सिल्भर कलरमा पाइन्छ ।
टियागोको प्रारम्भिक मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ । एक्सइ भेरियन्टको मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ भने एक्सएमको २५ लाख ५५ हजार र एक्सजेडको मूल्य २८ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो १२ सय सीसीको कार हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७