एक दर्जन नेपाली फिल्म खेलिसकेकी अभिनेत्री मालालाई नेपाली बोल्नै सकस


८ असार २०७५, शुक्रबार
mala limbu

काठमाडौं, ८ असार । अभिनेत्री माला लिम्बू अभिनयले भन्दा हट एण्ड सुन्दर जिउडालका कारण बढी चर्चामा रहने गर्छिन् । म्यूजिक भिडियोसँगै उनले दर्जन बढी फिल्ममा पनि अभिनय गरिसकेकी छिन् । विशेषतः उनी आइटम गर्लको रुपमा बढी परिचित छिन् । mala limbu

माला अझै पनि आफूलाई अभिनेत्रीको रुपमा चिनाउन प्रयासरत छिन् । बिहीवार उनको प्रमुख भूमिका रहने फिल्म ‘पूरानो बुलेट’ को औपचारिक निर्माण घोषणा गरियो । यो फिल्मकी उनी सोलो हिरोइन भने होइनन् । अभिनेत्री वर्षा शिवाकोटीसँगै अभिनेता अनुपविक्रम शाही पनि यसमा प्रमुख भूमिकामा छन् । भिषण राईले यो फिल्मबाट निर्देशनमा हात हालेका छन् ।

नेपालीभन्दा अंग्रेजी ’बुटुङटुङ’ बोल्ने मालालाई फिल्मको घोषणा सभामा आफ्नो भनाई नेपालीमा राख्न पसिना छुट्यो । आफ्नो कुरा राख्दै गर्दा नेपालीमा बोल्न गाह्राे भएपछि अंग्रेजी बोल्नका लागि बाटो खोल्दै उनले बिना हिचकिचाहट भनिन्, ’प्लिज डन्ट माइन मेरो नेपाली अलि राम्रो छैन ।’

नेपाली र अंग्रेजी छ्यासमिस गर्दै झण्डै १ मिनेटसम्म उनले कनिकुथी आफ्नो कुरा राखिन् । माला मात्र होइन नेपालमा धेरै अभिनेत्रीलाई स्पष्टसँग नेपाली बोल्न आउँदैन । विदेशी भाषा बोल्नु आफैमा अपराध होइन तर आफ्नै मातृभाषा बोल्न आउँदैन भन्नु अपराध भन्दा कम पनि होइन । तर, नेपाली फिल्मको हिरोइन भन्नेले नेपाली भाषा नै बोल्न आउँदै भन्नु अलि असुहाउँदो कुरा हो । यसैले नेपाली भएर नेपाली भाषा होल्न आउँदैन भन्नु भन्दा पनि बोल्न सिक्नु चाहीं मालाकै लागि र उनको फिल्मी करिअरका लागि पनि राम्रो हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७