आफूभन्दा १० वर्ष कान्छा निकसँग प्रेममा प्रियंका (फोटो फिचर सहित)


९ असार २०७५, शनिबार
Priyanka Chopra with His BF NICK

एजेन्सी :  बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला अमेरिकी गायक निक जोन्ससँग गहिरो प्रेममा रमाईरहेकी छिन् । निक प्रियंकाभन्दा १० वर्ष कान्छो हुन् । प्रियंकाले निकसँग सँगै गेम हेरेकोदेखि समुन्द्रमा सफर गरेकोसम्म तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरीरहेकी छिन् ।

Priyanka Chopra with His BF NICK

३५ वर्षिय प्रियंका र २५ निक वर्षिय प्रेम सम्बन्ध बारेमा अमेरिकी सञ्चार माध्यमहरुले रिपोर्टहरु बनाएका छन् । ती रिपोर्टहरु लेख्छ,‘ यी दुई एक अर्कालाई डेट गरिरहेका छन् र यो निकै नयाँ हो । उनीहरु निकै राम्रा जोडी हुन् र एक अर्कामा एकदम रुची राख्छन् ।’

प्रियंकासँग निकको अफेयर भने दिन प्रतिदिन गहिरो बन्दै गइरहेको छ । पछिल्लो समय निकका परिवारसँग पनि प्रियंका नजिकिन खोजिरहेकी छन् । निकका बाबुलाई हालै उनले इन्स्टाग्राममा फलो गरिन् । निकका भाई प्रियंकाको बयान गरेर थाक्दैनन् ।

आफूभन्दा कान्छो र होचो व्यक्तिसँग प्रेम गरिरहेको भनेर प्रियंकाको निकै ट्रोल पनि भइरहेको छ । यद्यपि, उनी निक आफ्नो साथी मात्रै भएको बताउन छोडेकी छैनन् ।

प्रियंकाकी आमा मधु भने निकलाई आफ्नो छोरी सुम्पने पक्षमा छैनन् । उनले कुनै पनि विदेशीलाई ज्वाईं नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् ।  उनी निक जोनासको दाइको विवाहमा सरिक भएकी छिन् । उनी निकको हातमाथि हात राखेर विवाहमा उपस्थित भएकी थिइन् ।

 

Priyanka Chopra and Nick Jonas Priyanka Chopra and Nick Jonass

Priyanka Chopra and NiCk

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७