दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीको निधन


९ असार २०७५, शनिबार
Ex South Korean Prime Minister Kim Jong pil

सोल, ९ असार ।  दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ ।  राजधानी सोलमा शनिबार ९२ बर्षको उमेरमा उनको निधन भएको उनका सहयोगीहरुले जनाएका छन् ।  दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शिर्ष चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ । Ex South Korean Prime Minister Kim Jong pil

पूर्वराष्ट्रपति द्धय किम योङ साम र किम डाय जुङसँगै सन् १९८० र १९९० को दशकमा उनले मुलुकका लागि ठूलो योगदान गरेको थियो । त्यस समयलाई “तीन किम” को समयका रुपमा पनि लिइन्थ्यो ।

सैन्य तानाशाह चु डु ह्वानले शक्तिमा आएपछि सन् १९८० देखि १९८७ सम्म ती तीनै जनालाई राजनीतिबाट प्रतिवन्ध लगाएका थिए ।
शनिबार देहत्याग गरेका किमले सन् १९६१ बाट राजनीतिक जीवन सुरु गरेका थियो ।

उनी सन् १९७१ देखि ७५ सम्म र १९९८ देखि २००० सम्म गरी दुई पटक दक्षिण कोरियाको प्रधानमन्त्री बनका थिए  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७