कार्यवाहक अध्यक्षको रुपमा माधव नेपालका छ दिन


९ असार २०७५, शनिबार
Madhav kumar nepal

काठमाडौं ९ असार: सधैजसो सक्रिय रहन रुचाउने नेता माधवकुमार नेपालले लामो समयपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी छ दिनका लागि प्राप्त गरेको सन्दर्भमा उक्त अवधिमा उहाँको सक्रियता कस्तो रह्यो भन्ने सन्दर्भमा यो सानो नोट प्रकाशित गरिएको छ ।madhav nepal 1

पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विदाई गरी उनले स्वर्गिय डा. उपेन्द्र देवकोटाको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाट पुगे । त्यहाँबाट उनि सिधै पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही पुगि पुनर्संरचना गरिएको कार्यालय निरिक्षण गर्नुका साथै महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ तथा स्थायी कमिटी सदस्य भीम रावलसँग विभिन्न विषयमा ३ घण्टा छलफल गरे । बेलुकी कोटेश्वरका छिमेकीको बैबाहिक कार्यक्रममा सहभागी समेत भए ।
दोस्रो दिन निवासमा केही भेटघाटहरु पश्चात १० बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा महासचिव विष्णु पौडेल सहित पुगे र कार्यालयको निरिक्षण गरेकाे हाे । उक्त अवसरमा उक्त कार्यालयमा रहेका कार्यालय सचिव प्रल्हाद बुढाथोकी, प्रकाश पोखरेल, युवराज चौलागाँई विदेश विभाग सदस्य लक्ष्मण पन्त एवम् केन्द्रीय नेताहरु भानुभक्त ढकाल, पूर्व के.स. नेत्र पन्थी सहित सामूहिक फोटो सेसन गरे । साथै महासचिवसगँ छुट्टै छलफल गरेकाे हाे । सोही दिन दिउँसो उनले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग छलफल गरे ।
तेस्रो दिन विहानै देखि उनले निवासमा समय मागेर भेट्न चाहने सबैलाई पार्टी कार्यालय, पेरिसडाँडामा बोलाएर भेट गरे। विविध क्षेत्रका डेलिगेशनहरु तथा व्यक्तिगत भेट गरी झण्डै १५० जनाले उहाँलाई त्यस समयमा भेटेका थिए । सोही दिन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत किम योङ हक पेरिसडाँडा पुगी उहाँसँग भेटवार्ता गर्नुका साथै कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्न उहाँले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । सोही दिन बेलुकी ५ः०० बजे पेरिसडाँडामै सचिवालयको अनौपचारिक बैठक राखि प्रधानमन्त्रीको चीन भ्रमणमा भएका उपलब्धीहरु, यसको अन्तर्राष्ट्रिय प्रभाव तथा हामीले गर्नुपर्ने तयारीका सन्दर्भमा छफफल गरे ।
चौथो दिन उनले निवासमा ठूलो संख्याका नेता कार्यकताहरुई भेट्नुका साथै दुइ पटक बसेको संसद बैठकमा सहभागी भई झण्डै एक दर्जन नेता कार्यकर्ताहरुका पारिवारिक समारोह(विवाह तथा ब्रतबन्ध)मा सहभागी भए ।
पाँचौ दिन उन विहानै साविक गोठाटार गा.वि.स.मा पुगि स्थानीय कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी भए । ११ः०० बजे शंखरापुर नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिने नगरसभामा प्रमुख अतिथिको रुपमा उद्घाटन गर्न पुगे । त्यस लगत्तै उनले आर्यघाटमा पुगि केन्द्रीय सदस्य वंशिधर मिश्रका स्वर्गिय वुवा प्रति श्रद्धाञ्जली एवम् परिवारजनमा समवेदना दिएर केन्द्रीय सदस्य राजेन्द्र गौतमकी छोरिको विवाहमा शुभकामना दिन गए ।  उनले केही विदेशी पाहुनाहरुसगँ भेट भयाे ।
छैठौं दिन निवासमा केही महत्वपूर्ण भेटघाटहरु गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई स्वागत गर्न उिन विमानस्थल पुग्ने छ । विमानस्थलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई स्वागत गरेपछि उनि सिधै कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा समुदघाटनको लागि थली प्रस्थान गर्ने कुरा नेता माधवकुमार नेपालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७