दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री किमको निधन


१० असार २०७५, आईतवार

सोल, १० असार । दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ । राजधानी सोलमा शनिबार ९२ बर्षको उमेरमा उनको निधन भएको हो ।

दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शीर्ष चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ । पूर्व राष्ट्रपतिद्वय किम योङ साम र किम डाय जुङसँगै सन् १९८० र १९९० को देशकमा उनले मुलुकका लागि ठूलो योगदान गरेका थिए। त्यस समयलाई ‘तीन किम’ को समयका रुपमा पनि लिइन्थ्यो ।

सैन्य तानाशाह चु डु ह्वानले शक्तिमा आएपछि सन् १९८० देखि १९८७ सम्म ती तीनै जनालाई राजनीतिबाट प्रतिबन्ध लगाएका थिए । किमले सन् १९६१ बाट राजनीतिक जीवन सुरु गरेका थिए। उनी सन् १९७१ देखि ७५ सम्म र १९९८ देखि २००० सम्म गरी दुई पटक दक्षिण कोरियाको प्रधानमन्त्री बनेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७