नाडेप लघुवित्तको आइपिओ खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


१० असार २०७५, आईतवार
napde microfinance

काठमाडौं, १० असार । नाडेप लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर बिक्री खुला गरेको छ । napde microfinance

कम्पनीले सर्वसाधारणका लागि कूल ४ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको जनाएको छ । नापेडले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेको हो । जसमध्ये २४÷२४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोषलाई छुट्याएको छ । हाल कम्पनीको चक्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ ।

आइपीओ बिक्रीपछि चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ । नापेडको ेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उक्त शेयरमा न्युनतम २० कित्तादेखि अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन दिन पाइनेछ । आजदेखि खुला भएको आईपीओमा छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा सिआस्वा प्रणालीमार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७