चार ठूला उद्यमीलाई तत्काल पक्रिन गृहको आदेश, को हुन् ती उद्योगी ?


१० असार २०७५, आईतवार
चिनीका ब्यापारीलाई पक्राउ आदेश2

काठमाडौं, १० असार । सरकारले चार जना चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । उखु किसानलाई समयमा भुक्तानी नदिएको आरोपमा उद्योग मन्त्रालयले गृहको सहकार्यमा उनीहरुलाई पक्रिन आदेश दिएको हो ।चिनीका ब्यापारीलाई पक्राउ आदेश2

गृह मन्त्रालय अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्री प्रालि सर्लाही र इन्दिरा सुगर मिल्स नवलपरासीका सञ्चालक राकेश अग्रवाल र ज्ञानप्रसाद भट्टराई, बागमती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाल र एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाललाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो ।
सरकारले उद्यमीमाथि धरपकड गर्ने भएपछि त्यस बारेमा आवश्यक परामर्शका लागि नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु छलफलमा जुटेका छन् । नेपाल उद्योग परिसंघ पनि छलफलमा छ ।

उद्योगमन्त्री मातृकाप्रसाद यादवले गृहमन्त्री रामबहादुर थापा बादललाई लेखेको पत्रको हवाला दिँदै सर्लाही, महोत्तरी, नवलपरासी पूर्व र पश्चिमका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पक्रन निर्देशन दिइएको हो ।

‘अहिलेसम्म उखु किसानलाई दिनुपर्ने भुक्तानी नदिई कार्यालय बन्द गराई किसानहरुलाई मर्कामा पारेको’ ले पक्राउ गर्न निर्देशन दिइएको गृहको पत्रमा उल्लेख छ । पत्रमा ती उद्योगका सञ्चालकलाई पक्राउ गरी कानुन बमोजिम कार्बाही अघि बढाउन र त्यसको जानकारी गृह मन्त्रालयलाई दिन पनि भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७