एसईईमा २४ जनाले ल्याए ४ जीपीए, एउटै विद्यालयबाट ५ जना


१० असार २०७५, आईतवार
chse results

काठमाडौं १० असार । हिजो साँझ अर्थात् शनिवार प्रकाशन भएको एसईईको नतिजामा देशभरबाट २४ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ३.६ देखि ४ जीपीए ल्याउने ‘ए प्लस’ भए पनि ४ जीपीए ल्याउने भने २४ जना रहेका छन् ।

chse results
फाइल तस्बिर

पोखराको मदरल्यान्ड माविबाट एसईई परीक्षा दिएका मदरल्यान्ड माविका प्रयास पौडेल, कृति बराल, झरना पौडेल, वर्षा बराल र रञ्जन यादवले ४ जीपीए ल्याएका हुन् । मदरल्यान्ड माविबाट जम्मा १ सय ५० विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये १ सय ७ जनाले ए प्लस ल्याएका छन् । त्यस्तै ए ३५ जना र बि ८ जनाले ल्याएका छन् ।

देश भरबाट ५ लाख ३८ हजार एक सय ८२ जान विद्यार्थीले परीक्षा दिएका थिए । जसमा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा रहेका छन् ।

नतिजा अनुसार नियमिततर्फ जीपीए ९० प्रतिशत भन्दा माथि ३.६ देखि ४ सम्म अर्थात् ‘ए प्लस’ ल्याउन १४ हजार २ सय ३४ जनाले ल्याउन सफल भएका छन् । त्यस्तै ८० प्रतिशत देखि ९० प्रतिशत भन्दा कम ३.२ देखि ३.६ जीपीए अर्थात् ‘ए’ ल्याउने ४६ हजार १ सय ३० विद्यार्थी विद्यार्थी रहेका छन् ।

त्यस्तै ७० प्रतिशतदेखि ८० प्रतिशत भन्दा कम २.८ देखि ३.२ जीपीए अर्थात् ‘बी प्लस’ ल्याउने ४९ हजार ३७ जना सफल भएका छन् । भने, ६० प्रतिशतदेखि ७० प्रतिशत भन्दा कम ल्याउने २.४ देखि २.८ जीपीए अर्थात् ‘बी’ ल्याउने ७० हजार ५ सय १२ जना सफल भएका छन् ।

त्यस्तै ५० प्रतिशतदेखि माथि ६० प्रतिशत भन्दा कम २.० देखि २.४ जीपीए अर्थात् ‘सी प्लस’ ल्याउने ६१ हजार ८ सय ७० जना सफल भएका छन् । ४० प्रतिशतदेखि ५० प्रतिशत भन्दा कम १.६ देखि २.० जीपीए अर्थात् ‘सी’ ल्याउने १ लाख १ हजार ४३ जना रहेका छन् ।

३० प्रतिशतदेखि ४० प्रतिशत भन्दा कम १.२ देखि १.६ जीपीए अर्थात् ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन् । त्यस्तै २० प्रतिशतदेखि ३० प्रतिशत भन्दा कम ०.८ देखि १.२ जीपीए अर्थात् ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७