अब बुलेट बाइक ६० हजारमै पाइने, माइलेज ९० किमी


१० असार २०७५, आईतवार
Royal Indian BLOT100

काठमाडौं, १० असार । बुलेट बाइक चढ्ने सपना धेरै युवाको हुने गरेको छ । तर, बुलेट बाइकको मूल्य चर्को भएकै कारण धेरै युवाले आफ्नो सपनालाई विपनामा परिणत गर्न सकिरहेका छैनन् । तर, अब बुलेट चढ्ने सपना सहजै पूरा हुने भएको छ, त्यो पनि थोरै लगानीमा ।Royal Indian BLOT100

बेलायती मोटरसाइकल ब्राण्ड रोयल ईनफिल्डका लागि कुनै परिचय आवश्यक पर्दैन । मोटरसाइकल चलाउने तथा नचलाउने जो–कोहीले सहजै रोयल ईनफिल्डको मोटरसाइकल हो भन्ने छुट्याउन सक्छन् । तर, मूल्यका कारण सबैले यो मोटरसाइकल खरिद गर्न सक्दैनन् । अब भारतमा रोयल ईनफिल्डको विकल्पमा नयाँ मोटरसाइकल रोयल इण्डिया आएको छ ।

रोयल इण्डिया मोटरसाइकल रोयल ईनफिल्डको बुलेट जस्तै छ । यो मोटरसाइकल बाइक विल्डर रोयल उडो भुवश्वरले बनाएका हुन् । रोयल इण्डियाको मोटरसाइकल बुलेट जस्तै देखिए पनि यसको इञ्जिन क्षमता १ सय सीसी मात्र छ ।

रोयल इण्डिया बुलेटको सिट, इन्धन ट्याङ्क, राउण्ड हेडल्याम्प सबै रोयल ईनफिल्ड बुलेटको जस्तै छ । मोटरसाइकलको अन्य आकार प्रकाश समेत ठ्याक्कै रोयल ईनफिल्डको जस्तै छ । रोयल इण्डिया बुलेट चलाउँदा रोयल ईनफिल्ड चलाए जस्तै अनुभव हुने दाबी उत्पादकको छ ।
रोयल इण्डिया बुलेट १ सय सीसीको आवाज पनि ओरिजिनलसँग मिल्दो छ । एक सय सीसीको मोटरसाइलकमा उस्तै आवाज आउन नसक्ने भए पनि त्यस्तै आवाज निकाल्ने प्रयास गरिएको छ ।

यो मोटरसाइकल विशेषगरी जो रोयल ईनफिल्ट मोटरसाइकल चढ्ने चाहाना राख्छन्, तर मूल्य उनीहरूका लागि बाधक बन्छ उनीहरुको लागि भएको कम्पनीले जनाएको छ ।
यो मोटरसाइकलको मूल्य ६० हजारदेखि ७० हजार भारतीय रुपैयाँमा पाइने छ । त्यति मात्र होइन, रोयल इण्डियाको मोटरसाइकल निक्कै ईकोनोमिक समेत छ । यो मोटरसाइकलले १ लिटर पेट्रोलले ९० किलोमोटर माइलेज दिने दाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७