यी १२ सेक्स काण्ड जुन विश्व चर्चित बने


१० असार २०७५, आईतवार
sex ook meetellen als cardio img900

काठमाडाैं, १० असार (एजेन्सी) । मानिसहरू यौन उत्तेजनामा पुगेएको अवस्थामा होस् गुमाउने गरेको घटनाले बेलाबखमा चर्चा पाउने गरेको छ । यस्तो हुनुमा आफुलाई नियन्त्रण गर्न नसक्नु नै हो । कतिपय भने नयाँ रेकर्ड र प्रयोग गर्ने उद्देश्य राख्दा यस्ता घटनाको चर्चा हुने गर्छ । विश्वमा त्यस्ता सेक्स काण्डहरू छन् जुन विश्व मै चर्चा पाएका छन् । आज हामीले विश्वमा चर्चा पाएको सेक्स काण्डको बारेमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेको आधारमा तयार पारेका छौँ ।

sex ook meetellen als cardio img900
फाइल तस्बिर

जहाजको ककपिटमा
जहाजको ककपिट कति सम्वेदनशिल ह’न्छ सबैलाई थाहा भएकै कुरा हो । त्यस्तो संवेदनशील ठाउँमा सकरी यौन कार्य भयो सोच्दा अनौठो लाग्न सक्छ । यस्तै अनौठो घटना सन् १९१६ भएको थियो । सयौँ मिटरमाथि आकाशमा उडिरहेकाे वाइजहाजमा यौन क्रियाकलापको पहिलो घटना बनेको छ । जसको अन्तिम परिणाम जहाज दुर्घटना नै भयो । यो अनुमान गरिएको छ कि पाइलट नै उक्त कार्यमा संलग्न थिए ।

अमेरिकाको नेसनल ट्रान्पोर्टेसन सेफ्टी बोर्डले पनि एउटा गम्भीर दुर्घटनामा पाइलटलाई दोषी ठहर्‍याएको छ । बोर्डका अनुसार महिला पाइलटको उडानभन्दा बाहिरको क्रियाकलाप अर्थात् यौनसम्बन्धी कार्यमा ध्यान मोडिएका कारण दुर्घटना भएको थियो ।

प्रहरी भ्यानको बोनेटमा
एउटा डच जोडीले त हदै गर्‍यो । सडकमा पेट्रोलिङ भ्यान अड्याएर दुईजना प्रहरी गाडीभित्र बसी दुनोट खाइरहेका थिए । एउटा जोडी गाडी नजिक आयो र गाडीको बोनेटलाई ओछ्यान बनाएर सम्भोग कार्य सुरु गर्न थाल्यो ।

आफ्नै आँखाअगाडि यस्तो हुन थालेपछि प्रहरीहरू बाहिर निस्किए र उक्त कार्य रोकी कतै जान आग्रह गरे । नेदरल्यान्डको कानुनले प्रहरी अधिकारी ड्युटीमै रहेका वेला उनीहरूको गाडीमा कसैले यौनकार्य गर्छ भने पनि पक्राउ गर्न नसकिने अवस्थाका कारण ती जोडी पक्राउ पर्नबाट जोगिए ।

तीव्र गतिको मोटरवेमा
नर्वेको एउटा तीव्र गतिको मोटरवेमा माज्दा १३३ किलोमिटर प्रतिघन्टाको गतिमा कुदिरहेको थियो । एक सय किलोमिटर मात्र कुदाउन पाइने सडकमा तीव्र गतिमा गाडी कुदिरहेको देखेपछि प्रहरीको ध्यान तानियो । तर, तत्कालै उनीहरूले उक्त गाडीमा रहेको जोडीले गति सीमा नाघी थप हर्कत पो गरिरहेको थाहा पाए । प्रहरीका अनुसार गाडी चलाइरहेको मानिसको काखमाथि एउटी महिला बसिरहेकी थिइन् । ती यौनकार्य गरिरहेका थिए ।

घर पुग्ने धैर्य नभएपछि
इंग्ल्यान्डको स्रेवोसवरीका २५ वर्षीय केभिन न्यालर र उनकी १९ वर्षीया गर्लफ्रेन्ड क्याथरिन ह्युजेस एउटा पबबाट निस्केर घरतिर जाँदै थिए । घरमा पुगेर यौनक्रिया गरेको भए उनीहरूको कर्तुत कसैले थाहा पाउने थिएनन् । तर, यो कामुक जोडीलाई घरसम्म पुग्ने पनि धैर्य भएन । घर पुग्न केही मिटर मात्र बाँकी रहेको थियो, उनीहरू सार्वजनिक सडकमै यौनक्रिया गर्न थाले ।

यो कार्यको दृश्य सडक पोलमा जडान गरिएका सिसिटिभी क्यामरामार्फत अपरेटरकहाँ पुग्यो । उनीहरूले प्रहरीलाई खबर गरे र उक्त जोडी पक्राउ पर्‍यो । त्यसमाथि यो केसले अर्को अनौठो मोड लियो, जब प्रहरी कन्ट्रोल रुमका एक जना कर्मचारी उक्त सिसिटिभी फुटेज आफ्नो मोबाइल फोनमा डाउनलोड गरेको शंकामा पक्राउ परे ।

कार पार्किङमा
सन् २००८ को नोभेम्बरमा एउटा जोडी कार पार्किङमा सम्भोगरत अवस्थामा भेटिएको थियो । गिलियन स्टाल्कर र जोन म्याकडोगल गाडीभित्र केही प्रारम्भिक कार्य गरेपछि उक्त जोडी बाहिर निस्कियो र थप कार्य गर्न थाल्यो । पक्राउ परेकी ४० वर्षीया महिला स्टाल्करले पछि अदालतमा भनिन्, ‘गाडीभित्र स्थान कम भएको र दिन पनि राम्रो भएकाले हामी बाहिर सार्वजनिक स्थानमा आएका हौँ ।’ उनले आफ्नो कार्य अर्को गाडीमा रहेको मानिसले हेरिरहेको देखे पनि उत्तेजनाका कारण वास्ता नगरेको पनि बताइन ।

घण्टाघरको बाल्कोनीमा
अस्ट्रेलियाको सिड्नीमा रहेको ग्रेस ब्रदर्स भवनमा रहेको घण्टाघरमा दिउँसोको साढे तीन बजेको थियो । एउटा जोडी खुबै व्यस्त थियो, तर उनीहरू संभाेगमा व्यस्त थिए । एउटा नग्न जोडी एक सय पाँच वर्ष पुरानो उक्त घण्टाघरको बाल्कोनीमा चढेर आफ्नै प्यास बुझाउन थाल्यो । उक्त घण्टाघरको सामुन्नेमा रहेको ब्रोडवे सपिङ सेन्टरमा रहेका मानिसले उक्त दृश्य देखे र केहीले त फोटो पनि खिचे ।

दरबारको बगैँचामै
अप्रिल २००९ मा बेलायतको विन्डसोर क्यासलको बाहिरपट्टि सार्वजनिक स्थलमा यौनकार्य गरिरहेको अवस्थामा पक्राउ परेका थिए । त्यस बेला पर्यटकहरू उक्त दरबारको दृश्यावलोकन गरिरहेका थिए । तर, उनीहरूले त त्यसका लागि तिरेको मूल्यमा केही बोनस दृश्यसमेत देख्न पाए । दरबारको बाहिरपट्टि घाँसे मैदानमा एक जोडी नग्न अवस्थामा यौनकार्य गरिरहेका थिए । उमेरले तीसको पूर्वार्द्धमा रहेको जोडी उक्त घाँसे मैदानमा जान नपाउने सूचनालाई बेवास्ता गर्दै यस्तो कार्य गरिरहेको थियो । सार्वजनिक स्थानमा भएको उक्त कार्य नजिकै रहेका होटेल, पब र पसलमा रहेकाले देखेका थिए । उक्त कार्य भइरहेका वेला रानी पनि दरबारमै थिइन् ।

बैंकभित्रै फ्रेन्च जोडीको रोमान्स
फ्रेन्चहरू तिनका यौन आवेगका लागि संसारमै चर्चित छन् । तर, यसको हद नाघ्दै एउटा फ्रेन्च जोडीले बैंकभित्र आफूहरूलाई एकान्तमा भेट्टाएपछि सम्हालिन सकेनन् । उक्त जोडीको कार्य सडकमा हिँडिरहेका किशोरहरूको एउटा समूहले देख्यो र त्यसलाई आफ्नो मोबाइल फोनमा कैद गरे । जब आफ्नो हर्कत अरूले देखिरहेको महिलाले थाहा पाइन् उनी बेहोसै भइन् ।

क्रेनमाथि बसेर
अमेरिकाको फ्लोरिडा राज्यमा एउटा निर्माण स्थलमा क्रेन राखिएको थियो । उक्त क्रेनका मालिकका छोरा र उनकी महिला मित्रलाई केही नयाँ गर्ने रहर जागेछ क्यारे । उनीहरू दिउँसै उक्त क्रेनमा चढे र यौनकार्य गर्न थाले । तल रहेकाले यस्तो कार्य देखेपछि तल झर्न बाध्य पारियो । उनीहरूलाई भविष्यमा सभ्य हुन भनियो ।

चर्चमा प्रार्थना भइरहेका समयमा
इटालीको सेनसेनामा रहेको एउटा चर्चमा बिहानी प्रार्थना भइरहेको थियो । तर, प्रार्थना नै बिथोलिने गरी ‘आत्मालोचना गर्ने बुथ’ बाट आएको अनौठो आवाजले सबैको ध्यान भंग गर्‍यो । त्यहाँ त एक जोडी संभोगमा पो व्यस्त रहेछन् । यस्तो आवाज सुनेपछि प्रहरी बोलाइयो । पक्राउ परेको जोडी रक्सीले मातेको रहेछ । उनीहरूलाई अश्लील कार्य गरेको र धार्मिक कार्य बिथोलेकोमा सचेत गराएर छोडियो ।

समुद्री किनारमा
बेलायतको ससेक्स समुद्री किनारमा दिउँसोको समयमा दर्जनौँ मानिस रमाइलो गरिरहेका थिए । आइतबार बिदा मनाउन केही त आफ्ना छोराछोरी लिएर आएका थिए । तर, एउटा जोडी कसैको प्रवाह नगरी दर्जनौँ मानिसकै सामुन्नेमा यौनकार्य पो गर्न थाले । उनीहरू पक्राउ परे ।

एटिएम बुथभित्र
स्पेनको ओभेइडिओको उत्तरी सहरमा रहेको एउटा बैंकको एटिएम बुथमा सम्भोगरत अवस्थामा त्यहाँको प्रहरीले एउटा जोडीलाई समातेको थियो । उनीहरू मोजाबाहेक सम्पूर्ण कपडा फुकालेर यस्तो कार्य गरिरहेका थिए । उनीहरूको यस्तो कार्यको बाहिर सडकमा हिँडिरहेका मानिसले तस्बिर लिएका थिए । प्रहरी प्रवक्ताका अनुसार, ‘उनीहरूले त्यस्तो कार्य पूर्ण सचेतताका साथ गरेका थिए, यो केवल शीघ्र उत्तेजनाका कारण भएको थिएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७