जापान र सेनेगलबीच रोमाञ्चक खेल बराबरी, होन्डाले बनाए नयाँ इतिहास


११ असार २०७५, सोमबार
tgei5qhdohaswdew1fgd

रसिया, १० असार । रसियामा जारी विश्वकपको समुह एच अन्तर्गत जापान र सेनेगलबीचकाे रोमाञ्चक खेल बराबरी भएको छ । बराबरीसँगै दोश्रो चरणमा प्रवेश गर्ने बलियो सम्भावना बनाएको छ ।

२–२ गोलको बराबरी भएको जापान र सेनेगलबीचको खेल रोचक रह्यो । खेलमा दुईचोटी अग्रता लिएपनि सेनेगलले अग्रता जोगाउन सकेन् ।  सेनेगेलका लागि साडियो माने र माउसा वागिईले गोल गरेका थिए भने जापानका लागि किसुकी होन्डासँगै युटो नागाटिमोले १–१ गोल गरेका थिए ।

खेलको ११ औं मिनेटमा साडियो मानेले गोल गर्दे सेनेगललाई अग्रता दिलाएका थिए । एमबाए नियोगको पासमा जापानका थिन्की हारागुचीले फितलो हेडिङ गरेपछि बल सेनेगलका युसुफ साबलीका अगाडी खसेको थियो ।
उनको प्रहार जापानी किपर इजी कावासिमीले पन्च गरे । जुन साडियो मानेको खुट्टामा खसेको थियो र लगत्तै मानेले उक्त बललाई जाली चुमाएका थिए ।

खेलको ३५औं मिनेटमा जापानले बराबरी गोल फर्काएको थियो । उसका लागि युटो नागाटिमोको पासमा ताकासी इनयूले गोल गरेका थिए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । सेनेगलले दोस्रो हाफको ७१औं मिनेटमा माउसा वागिईको गोलमा पुनः अग्रता दिलाए । युसुफ साबालीले गरेको क्रसलाई एमबाय नायगीले माउसातर्फ थिए । डी बक्स नजिकै बल पाएका माउसाले गोल गर्दै सेनेगललाई २–१ को अग्रता दिलाए ।

यस्तै ७८औं मिनेटमा सिन्जी कागवाको स्थानमा आएका किसुकी होन्डाले जापानका लागि बराबरी गोल फर्काए । ताकासी इनयूले गोलपोस्ट तिर अघि बढाई रहेको बललाई पन्च गर्न अघि बढेका सेनेगलका गोलकिपर खादिम एनदिया चुकेपछि ताकासीले दिएको पासमा होन्डाले गोल गरे ।

होन्डाको गोलसँगै उसले नयाँ इतिहास बनाएका छन् । विश्वकपमा सबैभन्दा बढी गोल गर्ने एसियन खेलाडी बने। विश्वकपमा ९ खेल खेलका उनले अन्य एसियाली खेलाडी भन्दा बढी चार गोल गरेका छन्।

एक अर्काको पोस्टमा खेल अवधिभर निरन्तर आक्रमण गरेका जापान र सेनेगलले सो क्रममा केहि महत्वपूर्ण अवसर गुमाएका थिए।

बराबरीसँगै समूह ’एच’मा जापान र सेनेगलको एक जीत र बराबरी सहित समान ४ अंक भएको छ । उनीहरूको बराबरीले समूह चरणको पहिलो खेल हारेका पोल्यान्ड र कोलम्बियामाथि दबाब चर्को थपिएको छ।

बराबरीसँगै ४ अंकका साथ जापान समूह एचको शीर्षमा छ भने त्यति नै अंक भएपनि फेयर प्लेका आधारमा सेनेगल दोस्रो स्थानमा छ। अब जुन २८ मा जापानले पोल्याण्डको सामना गर्नेछ भने त्यही दिन सेनेगलले कोलम्बियाको सामना गर्नेछ । उक्त खेलपछि अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ।

images cms image 000050701

z2qorekydyhmjttz14ey

np7uon5deoofhzupu4ay

982878740

tgei5qhdohaswdew1fgd

 

yqqznwj6i3mjmrthj8mv qpmsyutzzlvbt5bagyid

1529859324फिचर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७