कोलम्बियाको पोल्यान्डमाथि शानदार जीत, हारसँगै पोल्याण्ड विश्वकपबाट बाहिरियो


११ असार २०७५, सोमबार
1529869217कोलुलु

मस्को, ११ असार । जारी विश्वकपको समूह एच अन्तर्गत आइतबार राति भएको खेलमा कोलम्बियाले पोल्यान्डमाथि शानदार जित हासिल गरेको छ । दोस्रो चरण प्रवेशको आशा जीवित राख्न दुवै राष्ट्रका लागि जित्नै पर्ने खेलमा कोलम्बियाले पोल्यान्डमाथि ३–० को महत्त्वपूर्ण जित निकालेको हो ।1529869217कोलुलु

कोलम्बियाको जितमा राडामिल फाल्कोव, युरि मिना र जोन काउड्राडोले गोल गरे । पहिलो हाफको ४०औं मिनेटमा मिनाले जेम्स रोड्रिगेजको क्रसमा गोल गर्दे अग्रता दिलाएका थिए । पहिलो हाफमा कोलम्बियालाई १–० को अग्रता लिएको थियो ।

यस्तै दोस्रो हाफमाको ७०औं मिनेटमा फाल्कोवले जाउन क्युनटिरोको बायाँ कर्नरको किनारबाट आएको पासलाई गोलमा परिणत गर्दै कोलम्बियाको अग्रता दोब्बर पारेका थिए। भने ७५ औँ मिनेटमा दायाँ कर्नरबाट जेम्स रेड्रिगिउजले दिएको पासमा जाउन काउड्राडोले तेस्रो गोल गरेका थिए ।

त्यसपछि कुनै गोल हुन सकेन् । कोलम्बियाले पोल्याण्डमाथि ३–०को विजय हात पारे ।

जितसँगै कोलम्बियाको दोस्रो चरणको सम्भाावना बढेको छ । उसको नकआउट चरणको यात्रा सेनेगलसँगको अन्तिम खेलले निर्धारण गर्नेछ । तर लगातार दोस्रो हार बेहोरेको पोल्यान्ड भने घर फर्किने निश्चित भएको छ । समूह चरणको अन्तिम खेल उसले जापानसँग खेल्नेछ ।

पहिलो खेलमा जापानसँग अप्रत्यासित हार बेहोरेको कोलम्बिया ३ अंक जोड्दै समूहको तेस्रोमा उक्लिएको छ । ४ अंकसहित जापान शीर्षमा र समान अंक भएपनि फेयरप्लेका आधारमा सेनेगल समूहको दोस्रो स्थानमा छ ।
दुई खेल लगातार हारेको पोल्याण्डको भने अघि बढ्ने ढोका बन्द भैसकेको छ । पोल्याण्डसँगै प्रतियोगिताबाट बाहिरिने टोलीको संख्या ८ पुगेको छ ।

बाहिरिनेमा एसियाको साउदी अरेबिया, अफ्रिकाकाका मोरोक्को, ट्युनिसिया र इजिप्ट, दक्षिण अमेरिकाको पानामा र पेरु, उत्तर अमेरिकाको कोस्टारिका र युरोपको पोल्यान्ड रहेका छन् । रसिया, फ्रान्स, इंग्ल्याण्ड, उरुग्वे, क्रोएशिया र बेल्जियम भने अन्तिम १६ मा पुगिसकेका छन्।

cmfashsj6n1vhb44ysvd

982961074

फाल्कु

1529865984कोलम्बिया

1529870580फि

images cms image 000050705

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७