प्रहरीले बनायो गुण्डाहरुको सूची, हिटलिस्टमा २३ गुण्डा नाइके


११ असार २०७५, सोमबार
all don

काठमाडौं, ११ असार । सामाजिक शान्ति, अमन–चयनको वातावरण बनाउन सक्रिय गृह मन्त्रालयको निर्देशन वमोजिम महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाहरूको सूची बनाएर अप्रेसन थालेको छ ।all don

प्रहरीले २३ जना गुण्डाको नाम हिट लिस्टमा राखेको छ । पूराना गुण्डा नाइके ‘चक्रे’ भनिने मिलन गुरुङ, सट्टेबाजीका नाइके काभ्रेली गुण्डा दावा लामा, प्रहरीले हतियार खोसेका गुण्डा काजी शेर्पा, मिटरब्याजका नाइके वीरेन्द्रलाल श्रेष्ठ, पूर्व एआइजी विज्ञानराज शर्माका पार्टनर गुण्डा नाइके राजु गोर्खाली छन् ।

यस्तै काभ्रेली गुण्डा विष्णु लामा, उमेश लामा, सगुन श्रेष्ठ, शरद गौचन हत्याका नाइके समिरमान बस्नेतका सहयोगीहरू लोप्साङ राई, अम्बर राना, रोशन बुढाथोकीलगायत हिट लिस्टमा छन् । सूचीमा रहेका बाँकी गुण्डाहरूको नाम बाहिर ल्याएको छैन । प्रहरीले राजधानीमा गुण्डागर्दीमा संलग्न नयाँ गुण्डाहरूको पनि पहिचान गरेको जनाएको छ ।

प्रहरीले गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरिसकेको समेत छ । केहीलाई खोजी गरिरहेको जनाइएको छ । हिटलिस्टमा राखिएकाहरु आफूहरुको निगरानीमा रहेको महानगरीय प्रहरीले जनाएको छ । दीपक मनाङ्गे उर्फ राजीव गुरुङ र ‘स्याल’ भनिने सञ्जीव लामा पक्राउ परिसकेका छन् ।

काभ्रेली ‘डन’ गणेश लामा र उनका सहयोगी अशोक लामा केहि दिनअघि पक्राउ परी थुनामा छन् । उनलाई प्रहरीले गोली हानी पक्राउ गरेको थियो । गणेश हातहतियार मुद्दामा पक्राउ परिसकेका छन् । चालचलनका आधारमा गुण्डाहरुको वर्गीकरण गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । बाँकीलाई पक्राउ गरिने प्रहरीले जनाएको छ । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले गुण्डागर्दी नियन्त्रणप्रति प्रहरी आक्रामक ढङ्गले लागेको बताएका छन् । उनले गुण्डाका हातमा रहेका हतियारहरु पनि क्रमशः जफत हुँदै जाने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७