‘नाई नभन्नू ल ५’ चलचित्रको पोस्टर सार्वजनिक


११ असार २०७५, सोमबार
nai nabhannu la 5 3

काठमाडौं, ११ असार । ‘नाई नभन्नू ल ५’ चलचित्रको पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रका मुख्य दुई जोडीलाई प्राथमिकता दिँदै पोस्टर दिएका छन् । nai nabhannu la 5 1

पोस्टरमा स्वस्तिमा खड्काले डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग छ । चलचित्रका निर्देशक विकास आचार्यका अनुसार चलचित्रको फस्ट लुक चलचित्र भित्रको कथा अनुसार सार्वजनिक गरिएको बताए ।

निर्देशक विकास आचार्यले फिल्मको कथा अनुसार पोस्टर सार्वजनिक गरेको बताए । ‘नाई नभन्नू ल ५’ सदाझैं पारिवारिक कथा हो । ‘यो सिरिजमा फेमली ड्रमासँगै लभ स्टोरीलाई उत्तिकै स्थान दिएका छौं । पोस्टर यस्तै कथाको झ–झल्को हो,’ निर्देशक आचार्यले भने ।

भदौ ८ गते रिलिज हुने चलचित्रमा कलाकारको जम्बो टोली छ । दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ ।

चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । वसन्त सापकोटाको संगीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

nai nabhannu la 5 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७