उर्लाबारीमा भेटिए अचम्मका मानिस, जिब्रोले सजिलै निधार चाट्छन् (भिडियोसहित)


११ असार २०७५, सोमबार
pur

उर्लाबारी, ११ असार । बाँच्न पर्छ, अनेक देखिन्छ भन्ने नेपाली उखान उसै बनिएको होइन । मोरङ उर्लाबारीका यज्ञबहादुर कटवाललाई देखेपछि जोकसैले यहि उखान सम्झिन पुग्छन् ।pur

मोरङको उर्लाबारी–५ झुम्राका यज्ञबहादुर कटवालले अदभूत कला प्रस्तुत गर्छन् । उनी आफ्नो जिब्रोले सजिलै आफ्नै निधार चाट्न सक्छन् । सामान्यतः मानिस जिब्रोले नाकको डाँडी छुनै सकस पर्छ । तर, उनी भने जिब्रोलाई निधारसम्म पु¥याएर सबैलाई चकित बनाउँछन् ।
उनको नाकको डाँडी सामान्य मानिसको भन्दा निकै भिन्न छ । एकदमै सानो उनको नाकबाट किराहरु निस्केको उनले बताए ।

सानैदेखि नाक सानो नै रहेको भए पनि केहि समस्या नभएको त तर, केहि समययता भने किरा निस्कन थालेको यज्ञबहादुरले बताएका छन् । आर्थिक अवस्था नाजुक भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाकभित्र रहेको किराको उपचार गराएका छन्, पूरा भने नभएको उनले बताएका छन् । उनको टाउको ढुङ्गा भन्दा साह्राे छ भने अहिलेसम्म दातको नाममा एउटा मात्र छ । गाउँमा ईकु नामले परिचित उनलाई फिल्मको लागि पनि अफर आएको उनले बताए । उनलाई आफूभित्रको अदभूत कला फिल्ममार्फत आमदर्शक माझ लैजाने रहर छ ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७