समूह चरणका अन्तिम खेल आजबाट, अन्तिम १६ का लागि ‘डु एण्ड डाई’ रणनीति


११ असार २०७५, सोमबार
world

काठमाडौं, ११ असार । विश्वकपमा आज ४ खेल हुँदैछन् । रसियामा जारी विश्वकपको २१ औँ संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेल आजबाट हुँदैछ । अहिलेसम्म प्रत्येक टोलीले समूह चरणमा २–२ खेल खेलिसकेका छन् । आजसम्म समूह चरणका कूल ६४ मध्ये ३२ खेल समाप्त भइसकेका छन् ।world

आज विश्वकपमा समूह चरणका ४ खेल हुनेछन् । पहिलो दुई खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट हुनेछ भने बाँकी दुई खेल राति ११ः ४५ बजेबाट हुनेछ । खेल तालिका समेत एक्कै पटक पर्ने हुँदा आजका खेलहरु एककै पटक हेर्न दर्शकलाई गाह«ो हुनेछ । समूह ए मा रहेका आयोजक रसिया र उरुग्वे तथा इजिप्ट र सादी अरेबियाबीचको खेल साँझ ७ः४५ बजे बाट सुरु हुनेछ । यसअघिका दुबै खेल जितेका रसिया र उरुग्वे समूह विजेता बन्ने होडमा छन् भ ने सुरुको दुई खेल हारेको इजिप्ट र साउदी अरेबिया जीत हात पार्दै प्रतियोगितामा सुखद अत्न्त गर्ने कोशिसमा छन् ।

उता अर्को एसियन टोली इरानको हकमा दोस्रो चरण पुग्ने सम्भावना कायमै छ । तर दुई युरोपियन पावरहाउस स्पेन र पोर्चुगल जस्ता टोली रहेको समूह बी मा इरानले अन्तिम खेल पोर्चुगलसँग खेल्दैछ र यसमा आफू अनुकूल नतिजा निकाले इरानको सपना पूरा हुनेछ । राति ११ः४५ बजे पोर्चुगल र इरान तथा स्पेन र मोरोक्कोबीच खेल हुनेछ । सुरुको दुई खेल हार्दै मोरोक्को बाहिरिइसकेको छ भने बाँकी ३ टिम अन्तिम १६ पुग्ने होडमा छन् ।

दुई खेलपछि समान ४ अंक जोडेका स्पेन र पोर्चुगल क्रमशः समूहको पहिलो र दोस्रो स्थानमा छन् । यस्तै एक जित र एक हारको नतिजा निकालेको इरान ३ अंकका सात तेस्रो स्थानमा छ । अन्तिम १६ पुग्न इरानले अन्तिम खेल जित्नै पर्ने हुन्छ । बराबरी वा हारको नतिजाले भने इरान प्रतियोगिताबाट बाहिरिनेछ । यदि इरानले पोर्चुगललाई हराउन सकेमा अर्को खेलको नतिजा जस्तो आए पनि इरान अन्तिम १६ को लागि अगाडि बढ्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७