विश्वकपमा आज ४ खेल, पोर्चुगल र स्पेन कसले उछिन्ला ?


११ असार २०७५, सोमबार
ronaldo n costa

काठमाडौं, ११ असार । रसियामा जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु आजबाट सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ‘ए’मा यसअघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका रसिया र उरुग्वेबीच प्रतिष्पर्धा हुनेछ । यो खेल समूह विजेताको टुंगो लाग्नेछ ।ronaldo n costa

२ खेलमा शत प्रतिशत नतिजा निकाल्दै दुवै टोलीको समान ६ अंक छ । गोलअन्तरमा भने रसिया निकै माथि रहेको छ । २ खेलमा ८ गोल गरेको रसियाले १ गोलको मात्र सामना गरेको छ । अर्कोतिर उरुग्वे दुवै खेल समान १–० ले जितेको थियो । पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले हराएको रसियाले अर्को खेलमा इजिप्टलाई ३–१ ले पराजित गरेको थियो । दुवै खेल गुमाइसकेका इजिप्ट र साउदी अरेबियाले प्रतिष्ठाका लागि एकअर्काको सामना गर्नेछन् । समूह एका दुवै खेल नेपाली समय अनुसार राति ८ः ४५ बजे शुरु हुनेछन् ।

अर्कोतर्फ समूह बीमा भने त्रिकोणात्मक प्रतिष्पर्धा रहेको छ । शीर्षस्थानमा रहेको स्पेन र पोर्चुगलको समान ४ अंक छ भने इरानको ३ अंक छ । प्रतियोगिताबाट बाहिरिसकेको मोरोक्को अंक विहिन छ । यस्तमा अन्तिम खेलमा पोर्चुगलले इरानको सामना गर्नेछ । अर्को खेलमा स्पेन र मोरोक्कोबीच प्रतिस्पर्धा गर्नेछ । स्पेन र पोर्चुगलले अलग अलग खेलमा बराबरी गरे भने अन्तिम १६ मा स्थान बनाउने छ ।

इरानलाई अघि बढ्नका लागि पोर्चुगललाई बराबरीमा रोक्ने सके पनि सम्भावना रहन्छ तर त्यसका लागि मोरोक्कोले स्पेनलाई हराउनुपर्दछ । स्पेनले मोरोक्कोलाई र इरानसँग आफु हारेको खण्डमा भने पोर्चुगल बाहिरिन सक्छ । समूह बीका दुवै खेल नेपाली समय अनुसार राती ११ः४५ बजे शुरु हुनेछ ।

पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको थियो । इरानले भने मोरोक्कोलाई १–० ले हराएको थियो । अन्य खेलमा पोर्चुगलले मोरोक्को तथा स्पेनले इरानलाई समान १–० ले पराजित गरेको थियो । अन्तिम १६ मा समूह एको विजेताले समूह बीको उपविजेता तथा समूह बीको विजेताले समूह एको उपविजेताको सामना गर्नेछ ।

विश्व कपमा आजका खेल

समूह ‘ए’
साउदी अरेबियाविरुद्ध इजिप्ट राति ८ः४५ बजे
उरुग्वेविरुद्ध रसिया ८ः४५ बजे
समूह ‘बी’
इरानविरुद्ध पोर्चुगल राति ११ः४५ बजे
स्पेनविरुद्ध मोरोक्को राति ११ः४५ बजे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७