चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक


११ असार २०७५, सोमबार
samragree rajya laxmi and aryan sigdel kayara

काठमाडौं, ११ असार । नायक आर्यन सिग्देल निर्माता तथा कथाकार रहेको चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रम गरी आइबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । samragree rajya laxmi and aryan sigdel kayara

चलचित्रमा आर्यन सिक्देलका साथै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ । कायरामा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पहिलो पटक स्क्रिन सेयर गरेका हुन् । चलचित्र ‘कायरा’को ट्रेलरमा लभ र रोमान्सलाई देखाइएको छ ।

लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्रमा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, सुरेश न्यापाने, मरिशा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रले साउन १८ गतेका लागि रिलिज हुनेछ ।

प्रतिक्षित फिल्मको प्रोमोमा आर्यन क्युट देखिएका छन् भने साम्राज्ञीलाई बोल्ड अवतारमा देख्न सकिन्छ । आर्यन र साम्राज्ञीको जोडी फ्रेस छ । फिलिपिन्समा खिचिएका दृश्य सुन्दर छन् । आर्यन र साम्राज्ञीसँगै प्रोमोमा कलाकार शिशिर राणालाई पनि देख्न सकिन्छ ।

यस्तै चलचित्रमा संगित कोशिस क्षेत्रीm अर्जुन पोखरेल र काल्या सिंहले गरेका छन् । सुगम पोखरेल, युवराज चौलागाई, केतन क्षेत्री र श्रेया सोताङको गीत गाएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७